ठाडामा कांग्रेसको चुनावी भेला सम्पन्न | चुनावमा होमिन नेता कार्यकर्ताहरुलाई डा. बिसीको आग्रह

ठाडामा कांग्रेसको चुनावी भेला सम्पन्न | चुनावमा होमिन नेता कार्यकर्ताहरुलाई डा. बिसीको आग्रह

सुर्य भुसाल 

ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेपाली काङ्ग्रेसका नेता डाक्टर राम बहादुर बिसीले स्थानिय चुनाब नजिकिँदै गएकोले चुनाबमा होमिन काङ्ग्रेस नेता कार्यकर्ताहरुलाई आग्रह गर्नु भएको छ । 

शितगंगा नगरपालिका वार्ड नम्बर १२ ठाडाले अायोजना गरेको गाउँ गाउँमा जाउ  काङ्ग्रेस जिताऔ अभियान अन्तरगतको कार्यक्रम लाई सम्बोधन गर्दै नेता बिसिले नेपाली काङ्ग्रेस जन्ताको सारथि लोकप्रिय पार्टि भएको ले काङ्ग्रेस प्रति जन्ताको जनलहर बढेको बताउनु भयो बिसीले अर्घाखाँची जिल्लामा काङ्ग्रेस को नेतृत्वमा बिकास निर्माणका कामहरु भएको प्रतिपक्षले ढाटको छल झुटको खेति गरेर जन्तालाई भ्रम छर्ने काम गरेको दाबि गर्नु भयो ।  कार्यक्रममा नेपाली काङ्ग्रेस का जिल्ला सभापति केसब श्रेष्ठले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सग जन्ताको बिचमा गएर भोट माग्ने हैसियत समाप्त भएको अारोप लगाउनु भयो ।
 
पार्टीको गाउजाउ काङ्ग्रेस तिताउ अभियान अर्घाखाँची कोसितगङगा नगरपालिका वार्ड नम्बर १२ ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रेष्ठले राजनीति मा पटकपटक एमाले  ला ई जन्ताले परिक्षण गरेकोले र एमालेले जन्तालाई झुक्काउने गरेको कारण जन्ता सग मत माग्ने हैसियत गुमाएको बताउनु भयो  सभापति श्रेष्ठले एमाले लाई जन्ताले दुईतिहाई मत दिदा समेत सरकार चलाउन नसकेर असफल भएको पार्टिलाई जन्ताले मत दिने अाधार गुमाएको जिकिर गर्नु भयो कार्यक्रममा नेपाली काङ्ग्रेस का नेता तथा सितगङ्गा नगरपालिका का नगरप्रमुख सुर्य प्रसाद अधिकारी जिल्ला कोषाध्यक्ष बिस्णु क्षेत्री काङ्ग्रेस नेता छबिलाल पौडेल जिल्ला सदस्य बाबुराम गैरे जिल्ला सदस्य बिस्नु पौडेल नगरसभापति मोहन पन्थि लगाएतका नेताहरुले मन्तब्य राख्नु भएको थियोे ।

अन्य समाचारहरु