ढाकावाङको साम्नेखोला सिटेनीका एक युवा हिमाञ्चल प्रदेशको सुन्दरनगरबाट बेपत्ता

ढाकावाङको साम्नेखोला सिटेनीका एक युवा हिमाञ्चल प्रदेशको सुन्दरनगरबाट बेपत्ता


अर्घाखाँचीडट्कम संवाददाता

ढाकावाङ्ग,  अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर–१ साबिक ढाकावाङ्ग ३ साम्नेखोला सिटेनीका एक युवा भारतको हिमाञ्चल प्रदेशको सुन्दरनगरबाट बेपत्ता भएका छन् । 


ढाकावाङको साम्नेखोला सिटेनीका स्वर्गीय बुवा भिमलाल खनाल र आमा गिरा खनालका ४४ वर्षिय छोरा श्रीराम खनाल भनेर चिनिने (दुर्गाप्रसाद खनाल ) करिब दुई वर्षदेखि परिवार र आफन्त सङ्ग सम्पर्कविहीन भएका हुन् । 

भारतको हिमाञ्चल प्रदेशको सुन्दरनगरबाट उनी ७ जुन २०१९ देखि सम्पर्कविहीन भएको उनका भाई  टिकाराम खनालले डट्कमलाई जानकारी दिए । 

भाई टिकारामका अनुसार दुई वर्षसम्म मिडियामा नआई ब्याक्तिगत रुपमा दाइको खोजिकार्य गरेको र यसरी दाजुको कुनै पत्तो नलागेको कारण आफू अन्त्यमा मिडियामा आएको बताए ।

यसरी सम्पर्क बिहिन भएका खनालले आफ्नो झोला तथा अन्य सामान आफुबस्दै आएको स्थानमा छोडी   सम्पर्क बिहिन भएका थिए ।

खनालले सम्पर्कविहीन हुनु एक दिन पहिला मात्रै मालिकसँग सोलाङ्ग हिमाञ्चलजाने बाटो सोधेको बुझिएको छ । उनको खोजी कार्यमा सहयोग गरिदिन आफन्तले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजसँग आग्रह गरेका छन् ।

मूल प्रवाह संगरुर नगर समितिले गहुँगोरो वर्ण भएका करिब ५ फुट उचाईका श्रीरामलाई कसैले देखे, भेटेमा मूल प्रवाहको कार्यालय वा, संगरुर महिला नगर संयोजक लक्ष्मी खनाल र नेपालको लागि उनका भाई  टिकाराम खनाल(९८४४९०८८२३,९८४०४०९२८३) अथवा प्रहरीलाई जानकारी गराइदिन आग्रह गरेको छ ।

अन्य समाचारहरु