असहज परिस्थितिमा अवसर सिर्जना गर्दै नेपाल भौतिक विज्ञान समाज

असहज परिस्थितिमा अवसर सिर्जना गर्दै नेपाल भौतिक विज्ञान समाज

डा.अम्बादत्त पन्त / सन्तोष के .सी.

काठमांडौ ।  विश्वव्यापी महामारीको यस अवस्थामा नेपालले पनि विषम परिस्थितिको सामना गरिरहेको छ।गत वर्ष चैत्र ११ गतेदेखि कोभिड-१९ महामारीको रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले करिब ४ महिना बन्दाबन्दी गर्‍यो।अहिले पनि समुदाय स्तरमा नै सङ्क्रमण फैलिरहेको र आम जनमानसमा थप सन्त्रासको स्थिति छ।जसको कारण सबै शैक्षिक संस्था र त्यहाँ गरिने शैक्षिक क्रियाकलाप ठप्प तथा प्रभावित भएका छन। जसको परिणामस्वरूप भर्चुअल (virtual) माध्यमबाट सिकाइ सम्बन्धि विभिन्न क्रियाकलापको विस्तारै विकास पनि भएको पाइन्छ।यसै सन्दर्भमा नेपाल भौतिक विज्ञान समाजले भौतिक विज्ञानमा गुणात्मक परिवर्तन गर्ने हेतुले एन.पि.एस.स्कुल अफ कम्प्युटिङ्ग (NPS School of Computing) सञ्चालन गरिरहेको छ।जसमा भौतिक विज्ञानको अध्ययन र अनुसन्धानको विकासका लागि अनेक किसिमका कम्प्युटिङ्ग प्रोग्राम्स (Computing Programs) सिकाइन्छ।पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न क्याम्पस,कलेज तथा स्कुलमा अध्यापन गराउँदै आउनु भएका लगभग १०० जना शिक्षक/शिक्षिका/प्राध्यापक अनि नेपालको शिक्षा तथा अनुसन्धानमा केही योगदान पुर्‍याउने सोच भएका विदेशमा रहनुभएका नेपाल भौतिक विज्ञान समाजका सदस्यहरूको सहभागिता रहेको छ।
    

      
यसमा सबैभन्दा चाखलाग्दो र उत्प्रेरणात्मक विषय के छ भने यस स्कुल अफ कम्प्युटिङ्ग (School of Computing) मा सबै उमेर समूहका विद्यार्थीहरू रहेका छन।जसमा नेपालमा भौतिक विज्ञानको विकासका सुरुवाती दिनदेखि सेवा गरेर अहिले सेवा निवृत्त भए पनि अध्ययन अध्यापनमा सक्रिय रहनु भएका,भर्खरै स्नातकोत्तर सकेर विभिन्न आङ्गिक,सामुदायिक र निजी क्याम्पसहरूमा अध्यापनरत तथा लामो समयदेखि प्रध्यापन सेवामा रहनु भएका प्रध्यापकहरू पनि चाख लिएर विद्यार्थीको रुपमा सँगै कक्षा लिइरहनु भएको छ भन्दा पक्कै पनि अहिलेको युवाहरूलाई प्रेरणाको स्रोत हुन सक्दछ।अहिलेको युवा पुस्ताले अध्ययनलाई त्यति महत्त्व दिएको पाइदैन।त्यसमा पनि निरन्तर मेहनत सहित अध्ययन गर्नु पर्ने भौतिक शास्त्रको त नाम सुन्दा पनि तर्किन खोज्छन।समग्रमा अध्ययनप्रति युवाहरूको रुचि दिनानुदिन घट्दै गइरहेको देखिन्छ।अझ स्पष्ट रुपमा भन्नु पर्दा अध्ययनलाई निरन्तरता दिन अर्थात नयाँ कुरा सिक्न उमेरलाई दोष दिएर पन्छिन खोज्नेको लागि प्रेरणाको स्रोतको रुपमा स्थापित हुनु भएको छ अहिले त्रिभुवन विश्वविधालय(त्रिवि)अन्तरगत अध्यापन गर्दै आउनु भएका प्रा.डा.सिताराम बहादुर थापा र प्रा.डा.अनन्त पन्थी।विगत २७ वर्षदेखि त्रिविको सेवामा रही हाल त्रिवि अन्तरगत बुटवल बहुमुखी क्याम्पसमा सेवारत प्रा.डा.पन्थीले एक शिक्षक अर्थात नेतृत्वकर्ता समय परिस्थिति अनुरुप एक विद्यार्थी तथा कार्यकर्ता हुनसके मात्र प्रविधिको विकाससँगै वर्षौंदेखि चलिरहेको पुरानो पद्धतिलाई समयसापेक्ष सुधार गर्न सकिने मत राख्नुहुन्छ।उहाँले आफूलाई भौतिक शास्त्र अध्यापन गरेका गुरुहरू र आफ्ना कैयौं विद्यार्थीहरूसँग सँगसँगै बसेर पढ्न पढाउँदा अत्यन्तै खुसी हुनुका साथै भोलिका दिनमा नयाँ कुरा सिक्ने सिकाउने समन्वयात्मक बाटो खुलाउनुका साथै शिक्षण सिकाइमा नयाँ आयाम थपिने बताउनु भयो।समाजका केन्द्रीय अध्यक्ष प्रा.डा. नारायण प्रसाद चापागाईले यो स्कुललाई सन्चालन गर्नु भएको छ।त्यसै गरी सेवा निवृत्त भए पनि भौतिक विज्ञानको विकासमा सक्रिय रहनु भएका प्रा.डा.सिताराम ब्याहुतले विभिन्न विषयमा छलफल गर्दै सहभागीलाई उत्प्रेरित गर्नु भएको छ।हरेक हप्ता शनिबार क्यालिफोर्निया विश्वविद्यालय(University of California)मा अनुसन्धानरत नेपाली भौतिक शास्त्री डा.दिवाकर सिग्देल;यस स्कुलका मुख्य प्रशिक्षक ले आफ्नो प्रस्तुति दिनुहुन्छ भने बाँकी दिनहरूमा सहभागीहरूले निमार्ण गरेका प्रोग्राम माथि छलफल गरिन्छ।यो स्कुल को धेरै जसो क्रियाकलापहरू यो लिङ्कमा http://npshub.github.io उपलब्ध गर्न सकिन्छ।


अध्यापन,अनुसन्धान तथा प्रविधिको विकासमा प्रयोग भइरहेको अनेक किसिमका प्रोग्रामिङ्ग (programming) मध्ये पाईथन (Python) एउटा व्यापक प्रयोग भइरहेको प्रोग्राम(Program)हो।यो प्रोग्राम(Program)को प्रयोग गरेर आँखाले देख्न नसकिने प्रकृतिमा भइरहेका सूक्ष्म गतिविधिदेखि लिएर प्रकाशवर्ष सम्मका ठुलठुला गतिविधिहरूको भिजुयलाइजेसन (visualization) गर्न सकिन्छ।यो भौतिक विज्ञानका नियमहरूलाई गणितका सूत्र मार्फत मात्र नभइ विद्यार्थीहरूले सजिलै बुझ्ने गरी भिजुयलाइज (visualize) गर्नका लागि र अनुसन्धानात्मक तथ्यको विश्लेषणका लागि अनेक किसिमका वस्तुगत प्रोग्रामहरू निर्माणमा केन्द्रित रहन्छ।यो स्कुल ले साइन्टिफिक कम्प्युटिङ्ग (Scientific Computing), मेसिन लर्निङ्ग (Machine Learning), आर्टिफिसियल इन्टिलिजेन्स (Artificial Intelligence), अल्गोरिदम्स (Algorithms) तथा क्वान्टम कम्प्युटिङ्ग (Quantum Computing) जस्ता विषयहरूमा अनेकौ प्रोजेक्ट्स(Projects)सञ्चालन गर्न गइरहेको छ।यस्ता प्रोग्राम(Program)ले नयाँ प्रविधिसँगै नेपालमा पनि भौतिक विज्ञानको विकास एवम् खोज तथा अनुसन्धानलाई तिव्र बढाउनुका साथै दक्ष जनशक्ति उत्पादन गर्न टेवा पुर्‍याउने छ।


देशको समग्र विकासका लगि शिक्षा र शिक्षामा गुणात्मक परिवर्तनका लागि शिक्षक आफैले समय र प्रविधिसँगै अपडेट (Update) रहनु पर्ने विश्वासका साथ सञ्चालन गरिएको यो एन.पि.एस. स्कुल अफ कम्प्युटिङ्ग (NPS School of Computing) ले दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने आशा गर्न सकिन्छ।साथै हात-हतियारको शक्ति भन्दा शक्तिशाली मानिने कम्प्युटर प्रोग्रामिङ्ग (Computer programming) अहिलेको विश्व राजनीतिसँग प्रतिस्पर्धी मात्रै होइन समन्वयात्मक तवरले अगाडि बढ्न पनि अत्यावश्यक मानिन्छ।

असहज परिस्थितिमा अवसर सिर्जना गर्दै नेपाल भौतिक विज्ञान समाज

असहज परिस्थितिमा अवसर सिर्जना गर्दै नेपाल भौतिक विज्ञान समाज

असहज परिस्थितिमा अवसर सिर्जना गर्दै नेपाल भौतिक विज्ञान समाज

असहज परिस्थितिमा अवसर सिर्जना गर्दै नेपाल भौतिक विज्ञान समाज

अन्य समाचारहरु