अर्घाखाँची अस्पताललाई माओवादी केन्द्रद्धारा स्वास्थ्य सामाग्री सहयोग

अर्घाखाँची अस्पताललाई  माओवादी केन्द्रद्धारा स्वास्थ्य  सामाग्री सहयोग


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला अस्पताललाई नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) अर्घाखाँचीले स्वास्थ्य  सामाग्री सहयोग गरेको छ । 


माओवादी केन्द्र अर्घाखाँचीले आईतबार जिल्ला अस्पताललाई स्वास्थ्य  सामाग्री सहयोग गरेको हो । 

उक्त  कार्यक्रममा  जिल्ला  संयाेजक ठाकुर  कुमार विकले अर्घाखाँची अस्पतालका निमित्त  प्रमुख  डा. अमृत  भट्टराईलाई स्वास्थ्य  सामाग्री  हस्तान्तरण  गर्नु भएकाे थियो । 


संयाेजक विकले काेराेना महामारीका बेला रातदिन  खटी  आफ्नो ज्यानको प्रबाह  नगरी  जनताको  सेवा जुटेका उच्च मनाेबल बढाउनका निम्ति डाक्टर, नर्स  स्वास्थ्यकर्मीहरूलाई धन्यवाद प्रकट गर्नुभएको थियो । यस्तै अस्पतालमा उपचारमा रहेका बिरामीलाई  सिघ्र स्वास्थ्यलाभकाे कामना गर्नुभएको थियो । 


यस्तै माओवादी केन्द्र अर्घाखाँचीले पत्रकार  महासंघ जिल्लालाई पनि स्वास्थ्य  सामाग्री सहयोग गरेको छ ।     


कार्यक्रममा प्रदेश  सचिवालय सदस्य  छमकुमारी खनाल (चिनारी ) जिल्ला  सचिवालय  सदस्य  राजेन्द्र  भुसाल जिल्ला सदस्यहरु भेष बहादुर  के.सी,  बिशाल खड्का,  पत्रकार  महासंघ जिल्ला  अध्यक्ष अशाेक खनाल लगायतको उपस्थिति  थियाे । 

अन्य समाचारहरु