ढाकावाङमा राष्ट्रिय जनमोर्चाद्धारा स्व. पुर्णकलाको १२औं दिनको पुण्य तिथिमा शोक सभा सम्पन्न

ढाकावाङमा राष्ट्रिय जनमोर्चाद्धारा स्व. पुर्णकलाको १२औं दिनको पुण्य तिथिमा शोक सभा सम्पन्न


माधव खनाल 

ढाकावाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ ढाकावाङमा राष्ट्रिय जनमोर्चाको स्वर्गीय पुर्णकला खनालको १२औं दिनको पुण्य तिथिमा बिहिवार उहाँकै निवासमा शोक शभा सम्पन्न भएको छ ।  


राष्ट्रिय जनमोर्चा ढाकावाङको आयोजनामा बयवृद्ध सदस्य तथा अखिल नेपाल महिला संघकि सल्लाहकार स्वर्गीय पुर्णकला खनालको १२औं दिनको पुण्य तिथिमा बिहिवार उहाँकै निवासमा शोक शभा सम्पन्न गरेको छ शोक शभामा मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सागर केसिले स्वर्गीय खनालको निधनले पार्टीलाई अतुलनीय क्षति पुगेको बताउनुभयो साथै नेता केसीले स्वर्गीय खनालले पार्टिप्रती पुर्याएको योगदानको उच्च सम्मान गर्दै उहाले देखाएको बाटोमा हिडन सकेमा मात्रै उहाँ प्रती सच्चा श्रद्धाञ्जली हुने र उहाँको आत्मले समेत सान्ती पाउने बताउनुभयो ।


शोक शभामा अखिल नेपाल युवक संघका केन्द्रिय सदस्य कृष्ण खनालले शोक मन्तव्य राख्दै स्वर्गीय पुर्णकला खनालले देखाएको बाटोको अनुसरण गर्दै आम युवाहरूलाई एकजुट हुन आग्रह गर्नुभएको थियो ।

शोक शभामा राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य मेघराज खनाल ,अखिल नेपाल किसान संघका ननुकान्त भुसाल अखिल नेपाल शिक्षक संघका भुमिकास्थान नगर सचिव रामप्रसाद खनाल ,भुमिकास्थान नगरपालिका वार्ड न १ वडा सदस्य गोपाल नेपाली ,चमकला नेपाली लगायतको उपस्तिथि रहेको थियो ।


स्वर्गीय पुर्णकला खनालको यहि मङ्सिर ५ गते आइतबार साझ ७५ वर्षको उमेरमा निधन भएको थियो ।

 कार्यक्रम स्वर्गीय पुर्णकला खनालका जेष्ठ छोरा प्रेमनारायण खनालको अध्यक्षता र भोजराज खनालको संचालनमा सम्पन्न भएको थियो ।

स्वर्गीय खनालका पाँच भाइ छोराहरू तीन बहिनि छोरी बुहारी ज्वाइँ र नातिनातिना हुनुहुन्छ ।

अन्य समाचारहरु