नेपालगन्जमा एकीकृत समाजवादी युवा संघ नेपालको प्रदेश भेला सम्पन्न (तस्बिर सहित)

नेपालगन्जमा एकीकृत समाजवादी युवा संघ नेपालको  प्रदेश भेला सम्पन्न (तस्बिर सहित)


अर्घाखाँचीडट्कम संवाददाता 

नेपालगन्ज । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपाल लुम्बिनी प्रदेशद्वारा आयोजित प्रदेश भेला नेपालगन्जमा सम्पन्न भएको छ । 


युवा संघ नेपालका प्रदेश कमिटी अध्यक्ष किशोर थापाको अध्यक्षतामा नेकपा एकीकृत समाजवादीका केन्द्रिय अध्यक्ष माधवकुमार नेपाल प्रमुख अतिथिमा  प्रदेश भेला सम्पन्न भएको हो । 


कार्यक्रम युवा संघ नेपालको केन्द्रिय अध्यक्ष नरेश शाहीको बिशेष अतिथिमा भएको उक्त भेलामा लुम्बिनी प्रदेशका १२ वटा जिल्लाबाट सहभागिता रहेको थियो । 


उक्त भेलाले पिपुल्स भोलेन्टियर लुम्बिनी प्रदेशको २३ सदस्य कमिटी  र जिल्ला अध्यक्षको जिम्मेवारी दिएको छ । जसमा प्रेम बुढा प्रदेश कमिटी अध्यक्ष, सार्दुल मयुर कसौधन प्रदेश कमिटी सचिब तथा बर्दियामा रमेश रावल, बाँकेमा राजु रुचाल, दाङमा  भिम बहादुर थापा, अर्घाखाँचीमा  मनोज सापकोटा, प्युठानमा  गिर बहादुर छेत्री, कपिलवस्तुमा बिष्णु भट्टराई, परासीमा मनिश आलेलाई जिम्मेवारी दिएको छ ।  भने बाँकी जिल्ला संबंधित जिल्लाले टुंगो लगाउने छ । 

अन्य समाचारहरु