शितगंगा नगरपालिकामा खरका छाना मुक्त अभियान,जुकेनामा नि:शुल्क जस्ता पाता वितरण (फोटो सहित)

शितगंगा नगरपालिकामा खरका छाना मुक्त अभियान,जुकेनामा नि:शुल्क जस्ता पाता  वितरण (फोटो सहित)

अर्घाखाँचीडट्कम संवाददाता 

जुकेना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर  ५ जुकेनामा विपन्न वर्गका स्थानीयहरुको जीवनस्तरमा सुधार ल्याउन जस्ता पाता निशुल्क वितरण गरेको छ ।


भौगोलिक हिसाबले नेपालकै सबैभन्दा ठुलो शीतगंगा नगरपालिकाले आफनो नगरमा खरका छाना मुक्त बनाउने अभियान अनुसार वार्ड नम्वर ५ जुकेनामा कमजोर आर्थिक अवस्था भएकाहरुलाई आज शनिबार जस्ता पाता निशुल्क वितरण गरेको हो ।

जुकेनाका विपन्न वर्गका स्थानीयहरुलाई करिव ७५० वटा जस्ता पाता वितरण गरिएको छ ।


जस्ता पाता निशुल्क वितरण कार्यक्रम वडाअध्यक्ष कमल पौडेलको अध्यक्षता, नगरप्रमुख सुर्य प्रसाद अधिकारीको प्रमुख आथित्यता एवं उपप्रमुख टिका वहादुर रेश्मीको विशिष्ट आथित्यतामा सम्पन्न भएको हो । 

अन्य समाचारहरु