Menu
हाम्रो बारेमा About Us
विश्व समाचार
राष्ट्रिय समाचार
जिल्ला समाचार
साहित्य
तस्बिर
संपर्क Contact Us
Login
or
Subscribe
गृह पृष्ठ
हाम्रो बारेमा
विश्व समाचार
राष्ट्रिय समाचार
जिल्ला समाचार
सन्धिखर्क नगरपालिका
शितगंगा नगरपालिका
भूमिकास्थान नगरपालिका
छत्रदेव गाउँपालिका
पाणिनी गाउँपालिका
मालारानी गाउँपालिका
साहित्य
तस्बिर
संपर्क Contact
अन्य
सुचना, अनुरोध एवम पाठक प्रतिक्रिया
विचार,विश्लेषण,अन्तरवार्ता
सम्पादकिय
घर परिवार
समाज
English News
"सुपा देउराली" (छेस्का कविता)
२०७८ माघ २, आइतवार मा प्रकासित
ज्ञान बहादुर छेत्री
(१) नबसौँ खाली
दर्शन गरौं
सुपा द्यौराली ।
(२) आस्था अटल
रहेको छ यो
पवित्र स्थल ।
(३) हेर्दा छ जाती
मन्दिर छ यो
पहरो माथि ।
(४) शान्ति मनको
हुन्छ घुइँचो
भक्तजनको ।
(५) सुपा द्यौराली
सधैंको भिड
हुँदैन खाली ।
(६) हृदय खोली
सन्तुष्ट हुन्छन्
दिएर बलि ।
(७) सबैको आस
पुग्दछ भन्ने
जनविश्वास ।
(८) गर्छन् प्रतीक्षा
पुग्दछ भनी
मनको इच्छा ।
(९) पहरो भित्र
देखिन्छ यौटा
अनौठो चित्र ।
(१०) भनिन्छ यहाँ
टाँसिएको छ
लाहुरे त्यहाँ ।
(११) भएछ गल्ती
चाख लाग्दो छ
त्यो किंवदन्ती ।
(१२) सहेको व्यथा
लाहुरेको त्यो
अनौठो कथा ।
(१३) पानीको मूल
माथि छ नया
झोलुङ्गे पुल ।
(१४) पाइन्छ यहाँ
गर्मीमा पनि
शीतल छाया ।
(१५) प्रकृति पनि
रम्दछ यहाँ
सौन्दर्य बनी ।
(१६) शिखरसम्म
लाली गुराँस
छ लटरम्म ।
(१७) भरिन्न मन
हेर्ने लायक
अरू पनि छन् ।
(१८) हेरौं नियाली
अर्घाखाँचीको
सुपा द्यौराली ।
अन्य समाचारहरु
बाच्न मुस्किल छ (कविता)
मई दिवस
प्रतिगामीहरु हार स्विकार गर्नुपर्छ (कविता)
शिर्षक नमिलेकाे (कविता)
अर्घाखाँचीकी सपना आचार्यको "मलिलो माटो" उपन्यास सार्वजनिक
के गरी हो बाच्ने (कविता)
झाेलाकाे वजन (कविता)
"भ्यु - टावर (कविता)
समानताको बाटो खाेजाैं (कविता)
हर्केकाे चिठ्ठि
फुल (कविता - गजल)
सुरुङ खन्ने मुसा (कविता)
सार्वजनिक (गजल)
गाउँ फर्क (कविता)
जुटेका मानिसहरु
एमसिसी खारेज गर (कविता-गजल)
मुठ्ठी उठाई (कविता)
एमसिसी र नेता (कविता)
किन चाहियो विवादित एमसीसी ? ( कविता)
स्थानीय तह निर्वाचन (छेस्का कविता)
सतर्कता अपनाऔ (कविता)
Arghakhanchi.Com