छत्रगञ्ज खैरेनीका एक युवा भारतको पञ्जावबाट बेपत्ता

छत्रगञ्ज खैरेनीका एक युवा भारतको पञ्जावबाट बेपत्ता


अर्घाखाँची डट्कम संवाददाता 

पञ्जाव, भारत (अर्घाखाँची डट्कम)  । अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका वार्ड नम्बर ५ छत्रगञ्ज खैरेनीका एक युवा भारतको पञ्जावबाट बेपत्ता भएका छन् ।


रोजगारीका सिलसिलामा केही महिना पहिले पञ्जावको लुधियाना आएका नर बहादुर बिकको  कान्छो छोरा २७ वर्षिय बावुराम बिक अक्टोबर १५ तारिख दशैँको दिनदेखि सम्पर्कमा नआएको परिवारले बताएका छन् ।

गहुगोरो वर्ण भएको हुदा कहि कतै देखेमा +918198854835,+917814877909 नम्बरमा वा अर्घाखाँचीडट्कमलाई सम्पर्क गर्न सकिने छ । बावुरामको घरमा श्रीमती सहित एक छोरा रहेको उनका दाजु लक्ष्मण बिकले बताए ।

अन्य समाचारहरु