विभेद (कविता/ गजल)

विभेद  (कविता/ गजल)


रबि पाैडेल, दक्षिण भारत  पाण्डेचरी ।

किन तरक तरक गर्छाैं 
म पनि मानिस हाेइन र ?
तिमी घाटमा बस्न हुने 
म सुकुल र भुईमा !
त्यो  पनि 
घर भित्र नभइ 
आगनि र पिंडिकाे डिलमा !
काटे रगत एउटै रङग राताे छ 
म मात्रै कपडा सिलाउने र
घन ले फलाम पिट्ने 
सियाे र धागो ले चप्पल र जुत्ता सिलाउने 
यस्तो विभेद छ यहाँ किन ?
म सिलाउछु तिमी लगाउछाै 
कपडा र चप्पल पनि 
म बनाउछु औसि र कराइ 
तिमी दूध तताऊंछाै पनि 
चल्छ मेराे सीप ले आर्जेकाे सामान 
चल्दैन किन जात  र जाति काे रहन 
तिमी माझमा बस्दा 
म छेउमा किन ?
 समाज मा यस्तो विभेद छ किन ?
 सम्बिधान ले अन्त गर्छ विभेद 
तिमी किन मान्दैनौं ? 
न्यायालयले हटाएको विभेद
तिमिले किन जान्दैनाै ?
सुकिलाे कपडा र मैलाे कपडा मा विभेद छ 
धनी हाेईन गरिब भएको मा विभेद छ
महल हाेईन झुपडी भएको ले विभेद छ
विभेद काे सिमा छैन 
यहाँ विभेद मात्र छ किन ?
मलाई देख्दा छिछि गर्छाै किन ?
विभेद काे डल्लो  फाेर्न 
रगत बगाउनु पर्ने हाे 
या ,शाहदता गर्नु पर्ने हाे ?

 मिति : ११-०४-२०२१ 

अन्य समाचारहरु