वाङ्लाको टुनिपोखरा, छात्राबास र पटुवाथुमका ३८ वटा पसलको अनुगमन, ९०% पसल अनुमती बिना संचालन

वाङ्लाको टुनिपोखरा, छात्राबास र पटुवाथुमका  ३८ वटा पसलको अनुगमन, ९०% पसल अनुमती बिना संचालन


रुद्रमणी भुसाल

खनदह, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको आयोजनामा पटुवाथुम , वाङ्लाको टुनिपोखरा , छात्राबासमा रहेका किरानापसल , फोटो स्टिडियो  र होटलहरु गरि ३८ ओटा पसलको अनुगमन गरिएको छ । 


अनुगमनको क्रममा पसलहरुबाट मिति गुज्रिएका चिजबल भुजा , ५ केजी आटाको बोरा  खाद्यबस्तु , किराना पसलमा राखेको मदिरा र अबैध रुपमा बिक्री गदै आएको पट्रोल लगायतका सामग्री  जफत गरि जिल्ला प्रशासनको हाताभित्र नष्ट गरिएको छ । 

अनुगमनको क्रममा पसलहरुको दर्ता नै नगरि मदिरा पसल संचालन गरेको ,अधिकांसमा मुल्यसुचि नै नभएको पाइएकोले एकहप्ताभित्र सबन्धित ठाउँमा गइदर्ता गर्न आग्रह गरिएको सन्धिखर्क नगरपालिकाका बजार अनुगमन संयोजक जीबनारायण अचार्यले जानकारी दिनुभयो । 


बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि कृष्ण प्रसाद अचार्य , पशुसाखा प्रमुख  नारायण खनाल , रमेश खड्का, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि कृष्ण बहादुर तमाङ्ग,उद्योग बाणिज्य संघ जिल्ला सदस्य रुद्र प्रसाद श्रेष्ठ , चेम्बरअफ कमसका महासचिब प्रकाश भुसाल, नेपाल पत्रकार महासंघका कोषाध्यक्ष रुद्रमणि भुसाल लगायतको सहभागिता रहेको थियो । 

अनुगमनको क्रममा ९० प्रतिशत पसलहरुले सन्धिखर्क नगरपालिकाको वडाहरुमा पसल संचालन गर्न अनुमति नै नलिइ संचालन गरेको अनुगमन समितिका सदस्य जिल्ला  कृष्ण प्रसाद अचार्य जानकारी दिनु भयो ।

अन्य समाचारहरु