दशै टीका साइतमा लगाउनु किन जरुरी

दशै टीका  साइतमा लगाउनु किन जरुरी


काशीराम घिमिरे
पाणिनी -४पटौटी अर्घाखाँची

हिन्दु धर्मवलम्बिहरुको महान चाँड बडादशै यतिखेर चलिरहेको छ। बडादशैको आठौं दिन आज महाँ अस्टमिको पुजागरी मनाउदै छौँ ।गाउँघरतिर बिगतको बर्षभन्दा यो बर्ष टाढा टाढा बाट आफन्त हरु आउनेक्रम जारिनै छ ।


गतसाल कोरोना प्रकोपको कारण बाट आफन्त हरु निकै कम आएको र यो बर्ष सुइँको प्रयोग ले कम भएकोले पनिधेरैले लगाएको र प्रकोप को केही कम भएको कारण पनि आफ्नो गाउँघर फर्की टिकालागाउने आफन्त हरुको राम्रो चहल पहल बढिनै देखिन्छ।हरेक पर्वहरु को आफ्नै महत्त्व हुन्छ र दशैको पनि महत्त्व बिशेष धेरै छ यो हिन्दु हरुको महाँन चाँडनै हो।सबैले विशेष रुपमा मनाउने गर्दछ्न ।हरेक शक्तिपिठ हरुमा देबि मन्दिरहरुमा पुजा गर्ने र दर्शन गर्नेको भिडभाड नै देखिन्छ बाजा गाजा र बाजाको ताल र मङ्गलधुन हरु पनि जताततै सुनिन्छ ।कहिँ काठेपिङ र कहिँ लिङेपिङ हरु खेल्ने र दशैको शुभकामना आदान प्रधान कार्यक्रम हरुपनी जारी छ धेरै बर्षमा साथिभाइ सँग भेटहुँदा पनि केहीहर्शित देखिएको पाइन्छ।बच्चादेखी बुढासम्म सबैलाइ दशैले छोएको छ सबैमा खुशियाली नै छ।

सबैकुराको एउटा मनाउने शैली परम्परा हरु रितिरिवाज हरु फरक फरक पाइन्छ ।दशैको मनाउने शैलीहरु विधि अनुसार नै हुनेगर्छ ।यो खास त दशौ दिनसम्म मनाउने गरिन्छ ।त्यसैले दशै भनिएको हो ।भगवान रामचन्द्रले दशौदिनमा रावणमाथी युद्धमा बिजय हासिल गरेको हुँदापनि त्यसैको खुसियालिमै यो मनाउने गरिन्छ।

दशैमा खासत साइतमा टिकालगाउनु राम्रो हुन्छ ।खासत राज्यका सक्तिका केन्द्रहरु सेना प्रहरीको कार्यलय र रास्ट्रपति ,प्रधानमन्त्री कार्यलयमा बिशेश रुपमा साइतमा टीका लगाउनु अनिवार्य नै हुन्छ ।किन भने सेना भनेको राष्ट्रको सक्तिकेन्द्र हो र यसले देशको सान्ती सुरक्षा गर्ने गर्दछ ।राज्याको सुरक्षा गर्ने गर्दछ त्यसैले सेनाको कार्यलय मा साइतमा टीका लगाउनु पर्दछ साइतमाटिका लगाउदा शक्ति प्राप्त हुने गरे अनुसार नै लक्षकाम हुने बिस्वस छ।त्यसैले रास्ट्रपति कार्यलय ,प्रधानमन्त्री कार्यलयहरुमा बेलैमा टीका लगाउनुपर्दछ।जसले गर्दा देशको प्रसासनिक क्षेत्र सफल र राम्रो हुने गर्दछ ।देशको ढुकुटी पनि राम्रो हुने बलियो हुने बिश्वास छ ।

त्यसैगरी यी विशिस्ट ठाउँमा टीका लगाएपछी सर्बसाधारण जनता हरुले भने भरसक साइतमा टीका लगाएको राम्रो भएपनी जुनसुकै समयमा टीका लगाउनु राम्रो हुने गर्दछ किन भने सबैलाई एउटै समयमाअनुकुल समय नहुन सक्छ त्यसैले साइत देखि अनुकुल समयमा अगाएपनी फरक प्रदैनभन्ने बिज्ञहरुको धारणामा सुन्न पाइन्छ।

अर्को कुरा हाम्रो हिन्दु धर्ममा बलिपुजा पनि हुने गर्दछ ।देबिमन्दिर र सक्तिपिठ हरुमा यसको बलिपुजा हुने गर्दछ यो पुजाहरु ,बोका राँगालगायत हुने गर्दछ।कतै कतै यो बलिप्रथाको बिरोद पनि हुने गरेको छ तर बस्तवमा हाम्रो यो बलिभन्ने शास्त्रीय मन्यता रहेकोपाइन्छ।तर मृत्यु दण्ड भन्ने सास्त्रमा नरहेको र बलि भन्ने रहेको पसिन्छ।सन्सारमा प्राणिहरु दुई किशिमका हुने गर्दछ्न ।बिबेकशिल र अबिबेक शिल बिबेकशिल मानिस हो र अबिबेकसिल अन्तर्गत पशुपन्क्षी प्रदछ्न ।पशुपन्क्षी हरुलाइ उक्त जीवन कष्ट हुने र विभिन्न देबि देवताको ठाँउमा बलिमा चडन पाउनु राम्रो रहेको भन्नमा पाइन्छ ।किनभने मानिसले पनि दान, दक्षिणा ,यज्ञहरु गरेको पाइन्छ र पशुपङ्क्षी हरुले भने त्यहीँ बलिनै उनुहरुको चाहना रह्र्को सास्त्रमा पाइन्छ।

त्यसैले सम्पुर्ण बुवा आमा दाजुभाइ दिदिबहिनी हरुले दशै ब्यबस्थित र रमाइलो गरि आपसमा खुशियाली का साथमा मनाऔं बिधीर परम्परा अनुसार नै हाम्रो हरेक संस्कृती मनाउनु प्रदछ।आफ्नो क्षमता अनुसार मनाउनु प्रदछ र देखासिकी ले भन्दा आफ्नो क्षमता अनुसार मनाउनु बेश हुन्छ।सबैले सोचे अनुसार नै दशै होस सभ्य र भब्यका साथ दशै मनाऔं सबैमा बडादशैको शुभकामना ।

अन्य समाचारहरु