२० वर्षपछि नेपाललाई एसियाडमा रजत पदक

२० वर्षपछि नेपाललाई एसियाडमा रजत पदक
काठमाडौं, इन्डोनेशियामा जारी एशियायाडमा नेपालले पहिलो पदक जितेको छ । प्याराग्लाइडिङको पुरुष क्रस कन्ट्रीतर्फ नेपालले रजत पदक जितेको हो ।

यस स्पर्धामा स्वर्ण पदक भने जापानले जित्यो । नेपालले कुल ११ हजार ३६४ अंक ल्याउँदा जापानले ११ हजार ३९१ अंक प्राप्त गर्दै रजत पदक जित्न सफल बन्यो । प्याराग्लाइडिङको नेपाली टोलीमा विजय गौतम, विमल अधिकारी, सुशील गुरुङ, उकेश गुरुङ र विमल थापा सहभागी छन् ।

तेक्वान्दो, कराते, बक्सिङ जस्ता पदक आशा गरिएका स्पर्धामा पदक बिहिन भएको नेपाललाई प्याराग्लाइडिङमा पाएको रजत पदकले ठूलो खुशी दिएको छ । र यो एसियाडमा नेपालको दोस्रो रजत पदक हो ।

सन् १९९८ को एशियाडमा तेक्वान्दोबाट सविता राजभण्डारीले रजत पदक जितेकी थिइन् । प्याराग्लाइडिङ एशियाडमा पहिलो पटक समावेश गरिएको हो र यसमै नेपालले सफलता हासिल गर्न सफल रह्यो । 

अन्य समाचारहरु