सुपा देउरालीको मुल गेट बन्द | नित्यपुजा, बलि दिने कार्य लगायत सबै खुला

सुपा देउरालीको मुल गेट बन्द | नित्यपुजा, बलि दिने कार्य लगायत सबै खुला


भिम बिश्वर्मा

सुपा देउराली, अर्घाखाँची । मन्दिर परिसरका बासीन्दाहरुमा कोरोना संक्रमण पुष्टि भएपछि नेपालकै चर्चित धार्मिक स्थल सुपा देउरालीको मुल गेट बन्द गरीएको छ ।


कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तिब्र रुपमा फैलिएको र मन्दिर परिसरका बासीन्दाहरुमा कोरोना संक्रमण पुष्टि भएको कारण माघ ७ गते देखि मन्दिरको मुल ढोका बन्द गरिएको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष प्रितम थापाले जानकारी दिए । 


मन्दिरको ढोका बन्द गरिएता पनि मन्दिरमा दर्शन गर्ने भक्तजनको आवत, जावत र नियमित हुने नित्यपुजा, बलि दिने कार्य भने नरोकिने थापाले बताए ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तिब्ररुपमा फैलिएको कारण भिडभाड हुने स्थानहरुमा भिडहुने कृयाकलाप गर्न सरकारले रोक लगाएको छ ।

अन्य समाचारहरु