ढिकुराबाट डेभातर्फ जाँदै गरेको जीप दुर्घट्ना, चालकको मृत्यु

ढिकुराबाट डेभातर्फ  जाँदै गरेको जीप दुर्घट्ना,  चालकको मृत्यु


बिष्णु कुमार आले

ढिकुरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर ९ ढिकुराको तारिकेमा जीप दुर्घट्नामा परि एक जनाको मृत्यु भएको छ । 


मृत्यु हुनेमा ढिकुराका ३० बर्षिय जीप चालक राम बहादुर नेपाली रहेका छन् । 

ढिकुराबाट  डेभाबाट बसन्तपानी जादै गरेको लु १ च ६१६८ नम्बरको  डबल क्याप जिप गएराती भुमिकास्थान ९ चियानडाँडा सडकखण्डबाट करिव ४० मिटर तल खसी दुर्घटना हुदा घटनास्थलमै नेपालीको मृत्यु भएको हो ।  गएराती दुर्घटनामा परेको जीप भित्र मृत अवस्थामा नेपालीलाई आज बिहान मात्र  फेला पारिएको  वडाअध्यक्ष नारायण प्रसाद खनालले जानकारी दिए । डेभा गाडी धनिको घरबाट घर बसन्तपानी जानका लागी चालकले  एक्लै जिप लिएर गएका थिए ।  

जिप तिब्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको अनुमान छ । बिहान सात बजे  स्थानियले  घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए । जानकारी पाउने बित्तिकै जिल्ला प्रहरीको टोली घटनास्थल पुगेको थियो । अहिले जिल्ला प्रहरीको टोली घटनास्थल पुगेर मुचुल्का तयार गरि शवलाई पोष्टमाट्मका लागि जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी गणेश खनालले  बताए ।

ढिकुराबाट डेभातर्फ  जाँदै गरेको जीप दुर्घट्ना,  चालकको मृत्यु

ढिकुराबाट डेभातर्फ  जाँदै गरेको जीप दुर्घट्ना,  चालकको मृत्यु

अन्य समाचारहरु