अर्घाखाँची - काठमाण्डौको भाडा फेरि घट्यो, अब ११४९ रुपैंया | सवारीसाधनहरुले जवरजस्ती बढी भाडा असुल्दै

अर्घाखाँची - काठमाण्डौको भाडा फेरि घट्यो, अब ११४९ रुपैंया | सवारीसाधनहरुले जवरजस्ती बढी भाडा असुल्दै

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची । काठमाण्डौ - अर्घाखाँचीको सवारी भाडा ६६ रुपियाँले  घटेको छ ।  घटेको भाडादर अनुसार अब अर्घाखाँचीको भाडा प्रतिव्यक्ती १ हजार १  सय ४९ भएको छ । 

३७८ किमी रहेको सन्धिखर्क - काठमाडौंको भाडा यस अगाडि १ हजार २ सय १५ रुपैंया रुपियाँ लिने गरेका थिए ।

उता जिल्ला बाहिर आउने जाने यात्रुहरुलाई तोकिएको दर भन्दा बढी भाडा लिएको गुनासो आएको छ । 

यातायात व्यवसायीले जवरजस्ती एक यात्रु बराबर विभिन्न बाहानामा २,३ सय रुपैंया बढी भाडा असुल्दै आएका छन् । उता जिल्ला प्रशासनले भने तोकिएको दर भन्दा बढी भाडा असुले कारबाही गर्ने चेतावनी दिएको छ । 

अर्घाखाँची-काठमाण्डौको भाडा ६६ रुपैंयाले घट्यो

अन्य समाचारहरु