अर्घाखाँचीमा आज बिहीवार १५ जना मात्र संक्रमित थपिए (सम्पूर्ण विवरण सहित)

अर्घाखाँचीमा आज बिहीवार १५ जना मात्र संक्रमित थपिए (सम्पूर्ण विवरण सहित)


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा थप  १५  जना कोरोना संक्रमित थपिएका छन् ।


जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या २९१ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १०७ जना, भूमिकास्थान नगरपालिकामा ३६,     शितगंगा नगरपालिकामा ५०,     मालारानी गाउँपालिकामा २३,      पाणिनी गाउँपालिकामा ६७   र छत्रदेव गाउँपालिकामा ८ जना संक्रमित रहेका छन् । 

जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या २३९७  जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १०३२  जना, भूमिकास्थान नगरपालिकामा ४५६,  शितगंगा नगरपालिकामा ३११,     मालारानी गाउँपालिकामा २२१,    पाणिनी गाउँपालिकामा १६६    र छत्रदेव गाउँपालिकामा २११ जना संक्रमित रहेका छन् ।   

 जिल्लामा गत वर्षदेखि आजसम्म  २०४३ जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा ९०८ जना, भूमिकास्थान नगरपालिकामा ४०५,     शितगंगा नगरपालिकामा २५०,  मालारानी गाउँपालिकामा १८८,         पाणिनी गाउँपालिकामा ९२   र छत्रदेव गाउँपालिकामा २०० जनाले कोरोनालाई जितेका हुन् ।

यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ६३ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा १७ जना, भूमिकास्थान नगरपालिकामा १५,    शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित ११,    मालारानी गाउँपालिकामा १०,     पाणिनी गाउँपालिकामा ७,   र छत्रदेव गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् ।  

बिहीवारको कोरोना विवरण यस्तो छ:

अन्य समाचारहरु