छत्रदेव गाउँपालिकाले अब आफ्नो पालिकाको पहिचान हुने गरि लोगो निर्माण गर्ने

छत्रदेव गाउँपालिकाले अब  आफ्नो पालिकाको पहिचान हुने गरि लोगो निर्माण गर्ने


बिष्णु खनाल

छत्रदेव, अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाले आफ्नो पालिकाको पहिचान हुने गरि लोगो (प्रतिक चिन्ह) निर्माण गर्ने भएको छ । 


बिहिवार एक सुचना जारी गर्दै पालिकाले लोगो (प्रतिक चिन्ह) निर्माण गरि पेश गर्न ईच्छुक नागरिकलाई अनुरोध गरेको हो ।

पालिकाको भुगोल, जनजीवन, ऐतिहासिक, प्राकृतिक, आर्थिक, सामाजिक, साँस्कृतिक एवम् अन्य विशिष्ट पहिचान झल्कने गरि प्रतिक चिन्ह निर्माण गर्नुपर्ने गाउँपालिकाका निमिक्त प्रशासकिय अधिकृत बुद्धिराम न्यौपानेले बताए ।

गाउँपालिकाको छनौट समितिले छनौट भएको उत्कृष्ट लोगो निर्माणकर्ताका लागि पुरस्कार स्वरुप नगद बीस हजार रुपैयाँ तोकिएको गाउँपालिकाले जनाएको छ ।

पालिकाद्वारा प्रकाशित भएको सुचना यस्तो छ:- 

अन्य समाचारहरु