धनचौरमा फेरि साउन १९ गतेसम्म निषेधाज्ञा जारी, अब गाडी चलाऊन नपाइने, टोल-टोलमा घुम्न फिर्न बन्देज

धनचौरमा फेरि साउन १९ गतेसम्म निषेधाज्ञा जारी, अब गाडी चलाऊन नपाइने, टोल-टोलमा घुम्न फिर्न बन्देज


अर्घाखाँचीडट्कम संवाददाता 

धनचौर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर १० धनचौरले साउन १९ गतेसम्म निषेधाज्ञा जारी राख्ने भएको छ। जिल्लाभर भने दशौ पटक थपिएको निषेधाज्ञा साउन २० गते आईतबार राती १२ बजेसम्म जारी रहने छ ।   


धनचौर एम्बुलेन्स बाहेक सबै भित्र निजी तथा सार्वजनिक सवारी साधन चल्न बन्द गरिएको छ । अब खाद्यान्न बिक्रीका लागि किराना पसल लगायत स्वास्थ्य मापदण्ड पालना गरेर विहान ६ बजेदेखि बिहान ९ बजेसम्म खोल्न दिईने भएको छ । 

यस्तै  सभा, गोष्ठी, सम्मेलन गर्न परेमा वार्डको अनुमती लिन पर्ने छ । भने एक टोलबाट अर्को टोलमा ओहोर दोहोर गर्न पाईने छैन् ।  

उता भूमिकास्थानमा कोरोना संक्रमितको संख्या भने दिनप्रतिदिन घटेको छ । 

अर्घाखाँचीमा गत वैशाख २१ गते मंगलवारदेखि जारी निषेधाज्ञाका कारण जनजीवन अत्यन्त कष्टकर भएको छ । 

अन्य समाचारहरु