अर्घाखाँचीमा आज आईतबार ३ जनाले कोरोना जिते, ७ जना संक्रमित थपिए ( सम्पूर्ण विवरण सहित)

अर्घाखाँचीमा आज आईतबार ३ जनाले कोरोना जिते, ७ जना संक्रमित थपिए ( सम्पूर्ण विवरण सहित)


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा थप ७  जना कोरोना संक्रमित थपिएका छन् ।


जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या ६६ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा २८  जना, भूमिकास्थान नगरपालिकामा ७ जना,  शितगंगा नगरपालिकामा १ जना,  मालारानी गाउँपालिकामा ८,     पाणिनी गाउँपालिकामा १९ र छत्रदेव गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् । 

जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ४३६८ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १९१४  जना, भूमिकास्थान नगरपालिकामा ७४१  जना,     शितगंगा नगरपालिकामा ४३५ जना,       मालारानी गाउँपालिकामा ५४८    जना,  पाणिनी गाउँपालिकामा ४३१   जना  र छत्रदेव गाउँपालिकामा २९९   जना संक्रमित रहेका छन् ।   

साथै जिल्लामा पछिल्लो २४ घण्टामा ३ जनाले कोरोना जितेका छन् ।   जिल्लामा गत वर्षदेखि आजसम्म  ४२१८ जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा १८५८  जना, भूमिकास्थान नगरपालिकामा ७१९  जना,  शितगंगा नगरपालिकामा ४२१ जना,   मालारानी गाउँपालिकामा ५२६ जना,    पाणिनी गाउँपालिकामा ४०२  जना   र छत्रदेव गाउँपालिकामा २९२   जनाले कोरोनालाई जितेका हुन् ।

यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ८४ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा २८  जना, भूमिकास्थान नगरपालिकामा १५,    शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १३,     मालारानी गाउँपालिकामा १४, पाणिनी गाउँपालिकामा १०   र छत्रदेव गाउँपालिकामा ४ जना संक्रमित रहेका छन् ।

आईतबारको कोरोना विवरण यस्तो छ:

अन्य समाचारहरु