भुमिकास्थान नगरपालिकाको दशौं नगर सभा समापन | २ करोड रुपैंयाको पुरक बजेट र योजना बाँडफाँड

भुमिकास्थान नगरपालिकाको दशौं नगर सभा समापन | २ करोड रुपैंयाको पुरक बजेट र योजना बाँडफाँड


गाेपाल भट्टराई 

नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकाले साढे ४ बर्षको अवधिमा २१ वटा ऐन निर्माण गरेको छ । 


नगरपालिकाको सम्पन्न १० औं नगरसभामा प्रमुख प्रशासकिय अधिकृत लिल बहादुर राउतले यस्तो जानकारी दिनुभएको हो । पहिलो पटक निर्वाचित जनप्रतिनिधि आएदेखि हाल सम्म नगरपालिका अन्तरगत कार्यपालिका र नगरसभाबाट २१ वटा ऐन,४५ वटा कार्यविधि र ४ वटा नियमावली निर्माण तथा पारित भएको प्रमुख प्रशासकिय अधिकृत राउतले बताउनुभएको छ ।

जसमध्ये यस बर्ष सार्वजनिक खरिद नियमावली २०७८ पारित भएको बताइएको छ । नगर प्रमुख रेसम थापाको अध्यक्षता,उप–प्रमुख खडानन्द वेल्वासेको संशोधित बजेट पेश र प्रमुख प्रशासकिय अधिकृत राउतको सहजीकरणमा सम्पन्न नगरसभाले दुइ करोड १ लाख रुपैंयाको पुरक बजेट र योजना बाँडफाँड गरेको छ । पुरक बजेट तथा कार्यक्रममा नुवाकोट–खिल्जी–असुरकोट हुंदै स्वर्गद्धारी जोड्ने पर्यटन सडक बिस्तार,धारापानी बजार स्थित सडक कालोपत्रे,अपाङ्गता भएकाहरुलाई सहायता सामाग्री बितरण देखि ढाकावाङ्गमा रोडरेस खेल प्रतियोगिता संचालन गर्ने सम्मका कार्यक्रम परेको नगरपालिकाका योजना शाखा प्रमुख हरिश्चन्द्र भुसालले जानकारी दिनुभएको छ ।


नगरसभामा राष्ट्रिय जनमोर्चाको तर्फबाट निर्वाचित नगरसभा सदस्य झविलाल थापाले पेश गर्नुभएको कोभिड माहामारीमा अग्रभागमा खटिने स्वास्थ्यकर्मीलाई सरकारले दिने भनेको कोभिड जोखिम भत्ता दिनुपर्ने प्रस्ताव पास भएको नगरपालिकाका प्रवक्ता बाबुराम पन्थीले जानकारी दिनुभएको छ । नगर कार्यपालिका तथा नगरसभाका सदस्य,बिभिन्न शाखाका कर्मचारी तथा सरोकारवालाको उपस्थितिमा सम्पन्न नगरसभामा बोल्दै नगर प्रमुख रेसम थापाले साढे चार बर्षको अवधिमा नगरको हितमा काम गर्नुहुने,सहयोग गर्नुहुने सबैलाई धन्यावाद समेत दिनुभएको छ ।

भुमिकास्थान नगरपालिकाको दशौं नगर सभा समापन | २ करोड रुपैंयाको पुरक बजेट र योजना बाँडफाँड

अन्य समाचारहरु