दक्षिण कोरियामा बाढीबाट ३० जनाको मृत्यु, १२ जना बेपत्ता

दक्षिण कोरियामा बाढीबाट ३० जनाको मृत्यु,  १२ जना बेपत्ता

दक्षिण कोरियामा केही दिनदेखि अत्याधिक वर्षा हुँदा आएको बाढीबाट ३० जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएका छन् ।

गत हप्तादेखि मनसुन सक्रिय हुँदा बाढी आएको हो । बाढीका कारण पछिल्ला ३ दिनमा १३ जनाले ज्यान गुमाएका छन् भने २ जना बेपत्ता भएका छन् ।

बाढीका कारण देशभरका ११ प्रान्तमा ६ हजार परिवार घरवार विहीन भएका छन् । ४ हजार ६ सय परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

बाढीले देशभर ९३ हजार हेक्टर जमिन डुबेको छ । कोरियाली प्रायद्वीपमा आज आउनसक्ने सामुद्रीक आँधीका कारण थप वर्षा हुने भएकाले सतर्क रहन यहाँको सरकारले सबैलाई अपील गरेको छ ।

आँधीले कोरियाली प्रायद्वीपको दक्षिणी क्षेत्रमा बढी प्रभाव पार्ने बताईएको छ । आँधीपछि अत्यधिक वर्षा हुने भएकाले थप सतर्क रहन आग्रह गरिएको छ । एजेन्सी

अन्य समाचारहरु