जलुके र सिमलपानीमा एकीकृत समाजवादीको ३१-३१ सदस्यीय वार्ड कमिटी गठन

जलुके  र सिमलपानीमा एकीकृत समाजवादीको ३१-३१ सदस्यीय वार्ड कमिटी गठन


विक्रम आचार्य

जलुके, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाको वार्ड नं. ८  जलुके र १४ सिमलपानीमा   नेकपा (एकीकृत समाजवादी) को वार्ड कमिटी गठन गरेको छ ।


जलुकेमा ईन्द्र बहादुर कुमालको अध्यक्षमा ३१ सदस्यीय वडा कमिटी गठन गरेको छ । यस्तै सिमलपानीमा देवराज पन्थीको अध्यक्षतामा ३१ वडा कमिटी गठन गरेको नेकपा (एस) का शितगंगा नगरपालिकाका इन्चार्ज नारायण शर्माले जानकारी दिए ।


अर्घाखाँचीमा नेकपा (एस) का कमिटीहरु धमाधम गठन भईरहेका छन् । अर्घाखाँची जिल्लामा नेकपा (एकीकृत समाजवादी) पार्टीले संगठन विस्तारलाई तिब्रता दिएको छ । 

अन्य समाचारहरु