सन्तोष भट्टराईको "एकोहोरो माया" बोलको गीत सार्वजनिक, जताततै चर्चामा (भिडियो सहित)

सन्तोष भट्टराईको


माधव पौडेल

काठमाडौं (अर्घाखाँचीडट्कम) । पछिल्लो समयमा बजारमा गीत संगीतहरु आउने क्रम जारी छ ।

कतिपय गीतहरु समाजलाई नकारात्मक सन्देश दिने खालका भनौं छाडा खालका निस्किरहेका छन् । भने कतिपय गीतहरु यस्ता निस्किएका छन्की जुन गीतले समाजको वर्तमान परिस्थितिलाई हुबहु काल्पनिक शब्दमा परिणत गरी गीतको माध्यमबाट प्रस्तुत गर्न खोजिएका हुन्छन् ।


जुन गीतले समाजलाई सकारात्मक दिसा तर्फ हिँड्न  प्रेरित  गरिरहेका हुन्छन् जुन कुरा गीतको शब्द, लयमा भर पर्दछ ।

यसै बीच पछिल्लो समयमा एकोहोरो माया बोलको गीतले गीत संगीतमा चर्चा बटुलेको छ । जुन गीतको शब्द चयन अत्यन्त राम्रो छ ।

गीतमा प्रेम प्रेमिकाको माया जुन एकतर्फी हुन्छ त्यसको पीडा कस्तो हुन्छ । आफूले माया गरेको मान्छे अरुकै जीवन साथी हुँदाको पीडालाई भिडियो मार्फत प्रस्तुत गर्न  खोजिएको छ ।

सार्वजनिक एकोहोरो माया गीतमा स्वर निर्मल के.सी र भावना जिसीको रहेको छ । यस्तै गीतमा शब्द सन्तोष भट्टराई र लय भद्र नकालको रहेको छ ।


साथै प्रिया अधिकारी निर्देशकमा रहेको बनेको गीतमा सम्पादन प्रेम कुमार थारुले गरेका छन् । यस्तै छायांकन बिबेक चालिसेको रहेको छ ।

उक्त म्युजिक भिडियोमा सुमन घिमिरे र प्रिया अधिकारीको अभिनय रहेको छ ।

साथै एकोहोरो माया गीतलाई देश विदेशमा रहेका सबै दर्शकहरुले मन पराउने छन् भन्ने आशा लिएको छ ।

अन्य समाचारहरु