अर्घाखाँचीभर खानेपानी अवरुद्ध | जिल्लाका सम्पूर्ण सडक अस्तव्यस्त

अर्घाखाँचीभर खानेपानी  अवरुद्ध | जिल्लाका सम्पूर्ण सडक अस्तव्यस्त


अर्घाखाँचीडट्कम संवाददाता  | तस्बिरमा मालारानी ३ खनदह पनाल्ये टोल

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अविरल वर्षा र बाढीका कारण अर्घाखाँचीको सन्धिखर्क लगायत जिल्लाभर खानेपानी पनि अवरुद्ध भएको छ ।


ठाउँ ठाउँमा बाढी र पहिरो गएको कारण खानेपानी अवरुद्ध भएको हो । जिल्लाका कयौ भागमा खानेपानीका पाईप पहिलोले बगाएको छ । 


साथै जिल्लाभरका सडक अस्तव्यस्त रहेका छन् । 


उता  जिल्लाभर विधुत अवरुद्ध भएको छ । जिल्लाका विभिन्न ठाउँमा पाेल ढलि तारहरू क्षतविक्षत भएका कारण विधुत अवरुद्ध भएको हो । नेपाल विधुत प्राधिकरण अर्घाखाँचीका अनुसार विधुत लाईन नियमित सुचारू गर्न अझै कम्तिमा हप्ता दिन लाग्न सक्ने बताएको छ । 


साथै पाेल ढलि क्षतविक्षत भएका तारहरू नछुन पनि प्राधिकरणले अर्घाखाँचीडट्कम मार्फत अनुरोध गरेको छ । कुनै जानकारी लिन परेमा ९८५७०६६८२४  ९८५७०८६८२६/९८५७०८६८२७ ९८५७०८६८२५ वा ०७७४२०१३१/०७७४२०३९४  मा संपर्क गर्न सकिने बताइएको छ ।  

यस्तै सन्धिखर्क लगायत जिल्लाभर खानेपानी पनि अवरुद्ध भएको छ । ठाउँ ठाउँमा बाढी र पहिरो गएको कारण खानेपानी अवरुद्ध भएको हो । साथै जिल्लाभरका सडक अस्तव्यस्त रहेका छन् ।

अन्य समाचारहरु