अर्घाखाँचीमा १२ देखि १७ वर्षसम्मका किशोर किशोरीलाई माघ ९ गतेदेखि दोस्रो डोज मोर्डना खोप लगाइने

अर्घाखाँचीमा १२ देखि १७ वर्षसम्मका किशोर किशोरीलाई माघ ९ गतेदेखि दोस्रो डोज मोर्डना खोप लगाइने


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका खोप केन्द्रहरुमा माघ ९ गतेदेखि १२ देखि १७ वर्षसम्मका किशोर किशोरीहरुलाई दोस्रो डोज मोर्डना खोप लगाइने भएको छ । 


जिल्लाका विधालयहरु, स्वास्थ्य चौकीरुमा माघ ९ गतेदेखि १२ देखि १७ वर्षसम्मका किशोर किशोरीहरुलाई दोस्रो डोज मोर्डना खोप लगाइने भएको हो ।

जिल्लाभरका विधालयहरुमा माघ १० देखि फरक फरक मितिमा लगाउने कार्यक्रम रहेको छ । साथै किशोर किशोरीहरुले खोप कार्ड लिएर पहिलो खोप लगाएको खोप केन्द्र अर्थात् बिधालयमा उपस्थित हुन सक्नेछन् । 

अन्य समाचारहरु