अर्घाखाँचीमा आज २० जना कोरोना संक्रमित थपिए (सम्पूर्ण विवरण सहित)

अर्घाखाँचीमा आज २० जना कोरोना संक्रमित थपिए (सम्पूर्ण विवरण सहित)


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा थप  २०  जना कोरोना संक्रमित थपिएका छन् ।


जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३४७ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १२३ जना, भूमिकास्थान नगरपालिकामा ४१,   शितगंगा नगरपालिकामा ९१,   मालारानी गाउँपालिकामा १६,   पाणिनी गाउँपालिकामा ६०   र छत्रदेव गाउँपालिकामा १६ जना संक्रमित रहेका छन् । 

जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या २३१२  जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १००१  जना, भूमिकास्थान नगरपालिकामा ४४१, शितगंगा नगरपालिकामा २९८,    मालारानी गाउँपालिकामा २०६,    पाणिनी गाउँपालिकामा १५६    र छत्रदेव गाउँपालिकामा २१० जना संक्रमित रहेका छन् ।   

 जिल्लामा गत वर्षदेखि आजसम्म  १९०३ जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा ८६२ जना, भूमिकास्थान नगरपालिकामा ३८५,   शितगंगा नगरपालिकामा १९६,     मालारानी गाउँपालिकामा १८०,       पाणिनी गाउँपालिकामा ८९   र छत्रदेव गाउँपालिकामा १९१ जनाले कोरोनालाई जितेका हुन् ।

यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ६२ जनाको ज्यान गएको छ ।

बिहीवारको कोरोना विवरण यस्तो छ:

अन्य समाचारहरु