सिद्धारामा कांग्रेसको पार्टी कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न

सिद्धारामा  कांग्रेसको पार्टी कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न


अर्घाखाँचीडट्कम संवाददाता 

सिद्धारा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ११ सिद्धारामा नेपाली कांग्रेसको पार्टी कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।  


 नेपाली कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठले कांग्रेसको संगठन सुदृढीकरणमा लाग्न सबै नेता कार्यकर्ता हरुलाई आग्रह गर्नुभएको छ सभापति श्रेष्ठले काङ्ग्रेसको सगठन चलाएमान बनाउन र अर्घाखाँची जिल्ला काङ्ग्रेस को किल्ला बनाउनका लागि सबै लाग्नुपर्ने बताउदै दिनरात आफू सगठन निर्माणका लागि खटिने बताउनु भयो ।

  सिद्धाराको पार्टी कार्यालय उद्घाटन गर्दै सभापति श्रेष्ठले वार्ड टोल क्षेत्रमा काङ्ग्रेस को सगठन निकै बलियो भएको कारण अरु पार्टि बाट काङ्ग्रेस मा प्रबेस गर्नेको जनलहर चलेको स्पष्ट पार्दै काङ्ग्रेस को नेतृत्वमा दक्षिण खाचिको बिकास अगाडि बढिरहेको दाबि गर्नु भयो  । 


कार्यक्रममा  पुर्व जिल्ला सचिब छबिलाल पौडेल नेपाली काङ्ग्रेस का नेता डाक्टर ईन्द्रमणि पौडेल जिल्ला सदस्य बिस्नु क्षेत्री जिल्ला सदस्य बिस्नु पौडेल प्रदेस सभा क्षेत्र नम्बर २ का सभापति हेमन्त बेल्वासे शितगंगा नगरपालिका सभापति मोहन पन्थि पुर्व न गरसभापति मोतिबहादुर बेल्वासे वार्ड नम्बर ७ का सभापति  गिरि बैजालि वार्ड ३ का सभापति सुमन्त पौडेल वार्ड अध्यक्ष कपिल आले वार्ड सदस्य गणेश पुलामि प्रदिप बेल्वासे  लगाएतको उपस्थितिमा सम्पन्न भएको कार्यक्रम वार्ड नम्बर ११ का सभापति सोभाकान्त आलेको सभापतित्व बाबुराम आचार्यको सन्चालन कृस्न आलेको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको हो ।

अन्य समाचारहरु