अर्घाखाँचीबाट एमाले सचिवमा रायमाझी र केन्द्रिय सदस्यमा खड्का, आचार्य, विक निर्वाचित

अर्घाखाँचीबाट एमाले सचिवमा रायमाझी र केन्द्रिय सदस्यमा खड्का, आचार्य, विक निर्वाचित


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।   चितवनकाे साैराहामा जारी नेकपा एमालेकाे १० औ महाधिवेशनबाट अर्घाखाँची जिल्लाका सचिव सहित केन्द्रिय सदस्यमा चार निर्वाचित भएका छन् । 


 अर्घाखाँची जिल्लाबाट एमालेकाे  सचिवमा टाेपबहादुर रायमाझी सहित केन्द्रिय सदस्यमा चन्द्र बहादुर खड्का, चेतनारायण आचार्य र बम बहादुर विक निर्वाचित भएका हुन् ।

सचिवमा टोपबहादुर रायमाझीले १८०४ मत ल्याई निर्वाचित भएका छन् । यस्तै केन्द्रिय सदस्यमा बोमबहादुर बि. क. १८४३, चन्द्रबहादुर खड्का १६६२ र चेतनारायण आचार्यले १६५० मत ल्याई निर्वाचित भएका छन् । 

अहिले जनताको बहुदलीय जनवाद अंगालेका रायमाझी र खड्का पुर्व माओवादी नेता हुन् । उता माओवादीले भने मार्क्सवाद, लेनिनवाद, माओवादलाई आफ्नो मुख्य नीतिको रूपमा अंगालेको छ ।
अर्घाखाँचीबाट एमाले सचिवमा रायमाझी र केन्द्रिय सदस्यमा खड्का, आचार्य, विक निर्वाचित

अन्य समाचारहरु