अर्घाखाँचीबाट सरुवा भएर जाँदै गरेका सिडिओ बिष्णु पौडेललाई आधिकारिक ट्रेड युनियनद्धारा बिदाई

अर्घाखाँचीबाट सरुवा भएर जाँदै गरेका सिडिओ बिष्णु पौडेललाई आधिकारिक ट्रेड युनियनद्धारा बिदाई


सुर्य भुसाल 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन अर्घाखाँचीको  आयोजनामा नव आगन्तुक कर्मचारीहरुलाई स्वागत तथा जिल्लाबाट सरुवा भई गृह मन्त्रालय जान लाग्नु भएका प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेललाई बिदाई  गरिएको छ   ।  


आधिकारिक ट्रेड युनियन अर्घाखाँचीका जिल्ला अध्यक्ष झबिन्द्र खनालको अध्यक्षता  बिकल्प भट्टराईको सन्चालन लालमणी खनालको स्वागत मन्तब्यमा  सम्पन्न भएको कार्यक्रममा जिल्लाबाट बिदाई हुन लाग्नु भएका प्रमुख जिल्ला अधिकारी बिस्नु पौडेललाई मायाको चिनो सहित बिदाई र मालपोत अधिकृत  राजिब पन्थी कृषि जोनका कार्यालय प्रमुख रामनाथ पान्डेलाई युनियनले प्रकासन गरेको बृर्ति नामक पुस्तक दिई स्वागत गरिएको थियोे । 


कार्यक्रममा प्रहरी नायब उपरीक्षक अम्बर थापा   शस्त्र प्रहरी नायब उपरीक्षक रामकृष्ण महर्जन प्रमुख अनुसन्धान अधिकृत बिनय चत्रुबेदी सहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनाल लगायतका सुरक्षा निकायका प्रमुख तथा कर्मचारीहरुको सहभागीता रहेको थियोे ।

अन्य समाचारहरु