प्युठानको मल्लरानी सोलहाल्नामा खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना (तस्बिरहरु)

प्युठानको मल्लरानी सोलहाल्नामा खुल्ला पुरुष  भलिबल प्रतियोगिता आयोजना (तस्बिरहरु)

माधव खनाल 

मल्लरानी, प्युठान । पारिश्रमिक युवा क्लब  मल्लरानी गाउँपालिका वार्ड नम्बर १ सोलहाल्ना प्युठानले आफ्नो १५ औं वार्षिक उत्सव तथा शुभ दिपावली २०७८ को अवसर पारी शुक्रवार देखि  खुल्ला पुरुष  भलिबल प्रतियोगिता आयोजना गरेको छ ।


उक्त वार्षिक उत्सव तथा भलिबल प्रतियोगिताको उद्घाटन मल्लरानी गाउँपालिका वार्ड न १ का अध्यक्ष चिन्ताबहादुर राहुले ब्यानर पढी र बलको सर्बिस गरि गर्नुभएको थियो उद्घाटन मन्तव्य राख्दै अध्यक्ष राहुले युवाहरूको रोजाइ नै खेलकुद भएको र भोलिका दिनमा खेलकुद क्षेत्रमा लागि राष्ट्रको गहना बनिन चिनिन सक्ने बताउनुभयो साथै अध्यक्ष राहुले खेलकुद खेलमा मात्रै नभइ स्वास्थ्यमा पनि फाइदा पुग्ने बताउनुभयो ।

कार्यक्रममा मल्लरानी १ का सदस्य कमल पौडेल स्थानीय समाजसेवी डिलाराम जैसी बामदेव पौडेल सोलहाल्ना स्वास्थ्य चौकिका इन्चार्ज तिलकराम जैसी पत्रकार माधव खनाल लगायत ले मन्तव्य राख्नुभएको थियो।


वार्षिक उत्सव तथा खुल्ला  भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रम क्लवका अध्यक्ष नरेन्द्र प्रसाद भट्टराईको अध्यक्षता शिवराज पौडेलको स्वागत र इन्द्रमणी पौडेलले संचालन गर्नुभएको थियो ।

"राष्ट्रका लागि खेलकुद स्वास्थ्य लागि खेलकुद "भन्ने मुलनारा बनाइ क्लबले आयोजना गरेको खुल्ला पुरुष भलिबल प्रतियोगितामा जिल्ला भित्र र जिल्ला बाहिरका गरि जम्मा आठ टिमको सहभागिता रहेको छ ।

भलिबल खेलमा प्रथम हुनेले नगद बिसहजार  त्यस्तै द्वितिय हुनेले पन्ध्र हजार  नगद  त्यस्तै तृतीय हुनेले नगद दस हजार शिल्ड ,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

खेल शनिबार सम्म सन्चालन हुने आयोजकले जनाएको छ ।
प्युठानको मल्लरानी सोलहाल्नामा खुल्ला पुरुष  भलिबल प्रतियोगिता आयोजना (तस्बिरहरु)

प्युठानको मल्लरानी सोलहाल्नामा खुल्ला पुरुष  भलिबल प्रतियोगिता आयोजना (तस्बिरहरु)

अन्य समाचारहरु