अर्घाखाँचीमा दश वर्षपछि शुरु हुन लागेको राष्ट्रिय जनगणना कार्यक्रम स्थगित

अर्घाखाँचीमा दश वर्षपछि शुरु हुन लागेको राष्ट्रिय जनगणना कार्यक्रम स्थगित


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पनि दश वर्षपछि शुरु हुन लागेको राष्ट्रिय जनगणना कार्यक्रम कोरोना भाईरस (कोभिड १९) महामरीका कारण स्थगित भएको छ ।


जिल्ला जनगणना कार्यालय अर्घाखाँचीका अनुसार कार्यतालिका अनुसार तालिम गोष्ठी लगायत प्रत्यक्ष जनतासँग सम्पर्क हुनु पर्ने कार्यक्रम भएकाले तत्कालका लागि स्थगित गर्ने निर्णय भएको हो ।  अर्घाखाँचीडट्कम

जनगणनाका सबै काम तत्कालका लागि रोक्ने मन्त्रीपरिषद् निर्णय गरेको तर औपचारिक रुपमा विभागमा पत्र आइ नपुगे पनि हाललाई स्थगित भए पनि कोरोना संक्रमणको अवस्थालाई हेरेर कार्यतालिका बनाएर काम अघि बढाउने बताइएको छ ।  

जिल्लामा सुपरिवेक्षकहरुका लागि तालिम दिन शुरु गरेको थियो भने यो तालिम पनि स्थागित भएको छ । कार्यतालिका अनुसार बैसाख २६ गते देखि जिल्लाभर ३८४ गणकहरुलाई तालिम दिने तयारी थियो ।


गणकलाई तालिम दिएपछि तत्कालै जेठ २५ देखि फिल्डमा पुगेर असार ८ गतेसम्म गणना शुरु गर्ने कार्यतालिका रहेको थियो । जिल्ला जनगणना कार्यालय अर्घाखाँचीले जनगणनाका लागि करिव ८५ प्रतिशत काम सम्पन्न गरि सकेको बताइएको छ । 

जिल्लामा जनगणनाका लागी ७२ जना सुपरिवेक्षक र तिन सय १२ जना गणक परिचालन हुने बताइएको थियो । गत २०७७ चैत्र ३ गते मंगलवार सन्धिखर्कमा जिल्ला जनगणना कार्यालयको स्थापना गरेर जनगणनाको काम सुरुवात गरिएको थियो ।  


अन्य समाचारहरु