सन्धिखर्कमा एक बेवारिसे महिलाको उद्दारको क्रममा निधन

सन्धिखर्कमा एक बेवारिसे महिलाको उद्दारको क्रममा निधन


हलिम खाँन 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका  वार्ड नम्बर २ हाइस काउण्टरको छेउमा भुइँमा लडिरहेकी  बेवारिसे अवस्थाकी एक अपरिचित महिलाको हस्पिटल पुर्याउने क्रममा मृत्यु भएको छ।

 

अन्दाजी ६० वर्षकी देखिने उक्त महिलाको उद्दारका लागि लुम्बिनी आवाज डटकमको टिमले त्यहाँ पुगेपछी सम्बन्धित वार्ड कार्यालय,प्रहरी कार्यालय लगाएत विभिन्न ठाउँमा खबर पुर्याएपनि  तत्काल सक्रियता नदेखाएको र केही समय पछि  जिल्ला अस्पतालका डाक्टर अमृत भट्टराईको सक्रियतामा   सन्धिखर्क नगरपालिकाको महिला , बालबालिका तथा जेष्ठ नागरिक शाखाले र सेभ हाउस अर्घाखाँचीले उद्दार गरि  जिल्ला अस्पताल पुर्याएको  थियो।


 जिल्ला अस्पताल पुर्याउने बित्तिकै ती महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ। उक्त महिलाको बारेमा सम्पुर्ण विवरण अहिलेसम्म पत्ता लाग्न भने सकेको छैन।

अन्य समाचारहरु