जुकेनामा एमालेको वार्ड स्तरीय बृहत् कार्यकर्ता भेला सम्पन्न, ४१ जना एमालेमा प्रवेश

जुकेनामा एमालेको वार्ड स्तरीय बृहत् कार्यकर्ता भेला सम्पन्न, ४१ जना एमालेमा प्रवेश


अर्घाखाँची डट्कम संवाददाता

जुकेना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगङ्गा नगरपालिका वार्ड नम्बर ६ जुकेनामा नेकपा (एमाले) को वार्ड स्तरीय बृहत् कार्यकर्ता भेला सम्पन्न भएको छ । 


जुकेनामा सोमबार नेकपा (एमाले) को वार्ड स्तरीय बृहत् कार्यकर्ता भेला सम्पन्न भएको हो ।


कार्यक्रममा नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्र परित्याग गरेर ४१ जना एमालेमा प्रवेश गरेका थिए । एमालेमा प्रवेश गर्ने युवाहरुलाई नेता एवं लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले पार्टीमा स्वागत गरेका थिए । 


कार्यक्रममा एमाले जिल्ला सचिव तथा युवा नेता प्रेम नारायण गैरेलगायतको उपस्थिती रहेको थियो । 


   

अन्य समाचारहरु