खाँचीकोटमा नवनिर्वाचित जनप्रतिनिधीको मतदाताहरूलाई धन्यवाद कार्यक्रम सम्पन्न

खाँचीकोटमा नवनिर्वाचित जनप्रतिनिधीको मतदाताहरूलाई धन्यवाद कार्यक्रम सम्पन्न

अनिल नेपाली 

खाँचीकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाका नव निर्वाचित नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठ,उपप्रमुख मिश्रा अाचार्य सहित वडा नं. ७ खाँचीकोटका अध्यक्ष चुराबहादुर केसी, वडा सदस्यहरूले मतदाताहरूसँग भेटघाट गरी धन्यवाद दिनुभएकाे छ । 


एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य लक्ष्मण रायमाझीकाे प्रमुख अातिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला कमिटी सदस्य तथा अनेम संघ अध्यक्ष दीपा अाचार्य, जिल्ला सदस्यहरू सुष्मा श्रेष्ठ, शुसिला गैरे,पार्टी प्रदेश प्रचार विभाग सदस्य अर्जुन भुसाल, अनेम संघ नगर कमिटी अध्यक्ष मेनुका पाैडेल, वडा सचिव तुल्सा श्रेष्ठ, स्वास्थ्य चाैकी इन्चार्ज प्रेमचन्द्र विक लगायतको अातिथ्यता थियाे ।  

एमाले नेता रायमाझीले नगरले सक्षम नेतृत्व पाएकाले विकासले फड्काे मार्नेमा अाफू अाशावादी रहेकाे बताउनुभयाे । नगर प्रमुख श्रेष्ठले चुनावका बेला गरिएका हरेक प्रतिबद्धता पूरा गर्ने भन्दै नगरकाे विकासका लागि कुनै कसर बाँकी नराख्ने बताउनुभयाे । उपप्रमुख अाचार्यले स्थानीय अावश्यकता र अाैचित्यताका अाधारमा कार्यक्रम तय गरी नगरलाई समृद्ध बनाइने बताउनुभयाे । माेहन पुरीकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भयाे ।

अन्य समाचारहरु