अजय के.सी
धारापानी, पुस १७, अर्घाखाँची । जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर ३ र ४ धारापानीमा अवस्थित सशक्तिकरण महिला कृषि सहकारी संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ।
साधारण सभा भूमिकास्थान नगरपालिका ४ नम्बर वडाका वडा अध्यक्ष बाबुराम पन्थी सुनारले उद्घाटन गर्नुभएको थियो ।
साधारण सभा भुमिकास्थान नगरपालिकाका कार्यपालिका सदस्य कृष्ण सुनार नेकपा (माओवादी केन्द) का कुलाराज बन्जाडे , राष्ट्रिय जनमाेर्चाका भुनपा-३ का अध्यक्ष बाबुराम भुसाल शान्ति मा,बि का शिक्षक जगत खड्का ,ने,क,पा (एमाले ) का हरि के,सि समाजसेबि सागर के.सी, सम्पुर्ण सहकारीको तर्फबाट शिक्षक कृष्ण बन्जाडे लगायतले सहकारीलाई शुभकामना दिनुभएको थियो,!
कार्यक्रम संस्थाका अध्यक्ष श्रीजना के,सी को अध्यक्षता ,सुनिता घ,म को संचालन र रन्जिता के सी को स्वागत मन्त्वयमा सम्पन्न भएको थियाे।