चुत्राबेसीको मसाल बजारमा शनिबारे सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

चुत्राबेसीको मसाल बजारमा शनिबारे सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

अर्घाखाँचीडट्कम संवाददाता 

चुत्राबेसी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ चुत्राबेसीको मसाल बजारमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । 


चुत्राबेसीको मसाल बजारमा शनिबार बिहान स्थानियबासीको पहलमा सरसफाई कार्यक्रम सम्पन्न भएको हो । 


भक्तिटोला जीप काउन्टरदेखि मसाल बजार उपल्लो पुलसम्म पूर्ण रुपमा सरसफाई गरिएको थियो । 


अबदेखि हरेक महिनाको अन्तिम शनिबार बिहान ७:३० बजेदेखि सरसफाई अभियान जारी राखिने भएको छ ।  

अन्य समाचारहरु