ठाडामा राष्ट्रिय शिक्षक संगठन शितगंगाको दोस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा त्रिलोक पौडेल चयन

ठाडामा राष्ट्रिय शिक्षक संगठन शितगंगाको दोस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा  त्रिलोक पौडेल  चयन


बिष्णु कुमार आले 

ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको ठाडा दहमा नेपाल राष्ट्रिय शिक्षक संगठन अर्घाखाँची शितगंगा नगर समितीको दोस्रो अधिबेसन आज  सम्पन्न भएको छ । 


भेलाले त्रिलोक  पौडेलको अध्यक्षतामा दुई जना सदस्य मनोनित गर्ने गरि २८ सदस्यीय नगर समिती गठन गरेको छ । जसको उपाध्यक्षमा केशव बेल्बासे ,महिला उपाध्यक्षमा राधिका श्रेष्ठ ,सचिवमा कृष्ण प्रसाद शर्मा,सहसचिवमा बिन्दु अधिकारी ,कोषाध्यक्षमा काशीनाथ श्रेत्री,सहकोषाध्यक्षमा गोमा गाहा,सदस्यहरूमा थानेश्वर पोख्रेल,बिष्णु प्रसाद अधिकारी,कौशिल्या गौतम,तेज नारायण पौडेल,टहल बहादुर थापा,नारायण आचार्य ,जङग प्रसाद भट्टराई ,बिष्णु प्रसाद पन्थी,ढग बहादुर गरौजा ,वसन्त बेल्बासे,पुर्ण बहादुर केसी रहनु भएको छ । 


यसै गरि कुलराज अधिकारी,हरि आचार्य ,बिष्णु न्यौपाने,सीता खत्री,रिषीराम बिसी,होमनाथ न्यौपाने र कमल बेल्बासे रहनु भएको छ । 

कार्यक्रम  त्रिलोक  पौडेलको अध्यक्षता ,नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिती अध्यक्ष धुब्र बहादुर खत्रीको प्रमुख आथित्यता ,कृष्ण प्रसाद शर्माको संचालनमा सम्पन्न कार्यक्रममा  नेकपा एमाले नगर कमिटी सचिव ऋषि घिमिरे, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कोषाध्यक्ष नेत्र प्रसाद पोख्रेल ,जिल्ला सदस्य गिरी बहादुर थापा,प्रदिप भुसाल,बिक्रम बेल्बासे,केशव बेल्बासे लगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा उल्लेखनीय शिक्षक/शिक्षिकाहरूको उपस्थिति रहेको थियो ।

अन्य समाचारहरु