जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य गुप्ता विभिन्न पार्टी चहारेर एमालेमा प्रवेश गरे

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य गुप्ता विभिन्न पार्टी चहारेर एमालेमा प्रवेश गरे

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य मंगलप्रसाद गुप्ता विभिन्न पार्टी चहारेर एमालेमा प्रवेश गरेका छन् । मंगलबार कपिलवस्तुको बहादुरगन्जमा आयोजित कार्यक्रममा उनी एमाले प्रवेश गरेका हुन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका थिए ।  

पञ्चायती व्यवस्थाबाट राजनीति सुरु गरेका ७२ वर्षीय गुप्ता ०४७ मा कांग्रेस प्रवेश गरेका थिए । ०४८ र ०५६ को संसदीय निर्वाचनमा कांग्रेसबाट निर्वाचन लडेका उनी पराजित भएका थिए । त्यसपछि उनी तत्कालीन तमलोपा प्रवेश गरे ।

०७० मा तमलोपाबाट संसदीय निर्वाचनमा उठेका उनी पराजित भए । त्यसपछि मधेसी जनअधिकार फोरममा प्रवेश गरे । ०७४ मा फोरमबाट संसदीय निर्वाचनमा उठेका उनी फेरि पराजित भए ।

०३८ र ०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचन लडेका उनी त्यतिबेला पनि पराजित भएका थिए । उनको अहिलेसम्मको उपल्लो पद पञ्चायत नीति तथा जाँचबुझ समिति सदस्य हो । कान्तिपुरमा समाचार छ । 

अन्य समाचारहरु