वाङ्लाको जहरेखोलामा अवैध वालुवा उत्खनन गर्ने ट्याक्टर, चालक प्रहरी नियन्त्रणमा

वाङ्लाको जहरेखोलामा अवैध वालुवा उत्खनन गर्ने ट्याक्टर, चालक प्रहरी नियन्त्रणमा


अर्घाखाँचीडट्कम संवाददाता 

वाङ्ला, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. ४ वाङ्लाको जहरेखोलामा अवैध रुपमा वालुवा उत्खनन गरी रहेको अवस्थामा ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 


वाङ्लाको जहरेखोलामा  बुधवार अवैध रुपमा वालुवा उत्खनन गरी रहेको अवस्थामा ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

जहरेखोलामा लु ४ त ३०६० नम्बरको ट्याक्टरद्धारा अवैध रुपमा वालुवा उत्खनन गरी रहेको अवस्थामा खटिएको प्रहरी टोलीले फेला पारी उक्त ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको छ । 


यस्तै सन्धिखर्क नगरपालिकाका कार्यालयमा बुझाएकोमा रु.१०,०००।- (अक्षरुपी रु.दश हजार ) राजश्व जरीवाना पनि प्रहरीले बताएको छ  ।

अन्य समाचारहरु