माग्नेलाई दीपकले भने- यो मेरो ए टी एम कार्ड हो

माग्नेलाई दीपकले भने- यो मेरो ए टी एम कार्ड हो
 हाँस्य कलाकार केदार घिमिरेको ४३ औँ जन्मदिन रेडियो अडियोको प्रागंणमा मनाएका छन् । उनको जन्मदिन विशेष कार्यक्रममा निर्देशक दीपा श्री निरौला, दीपकराज गिरी, जितु नेपाल, शिवहरी पौड्याल, किरण केसी, निर्देशक विकास राज आचार्य, केदारकी श्रीमती सीता घिमिरे, लगायतको उपस्थिति रह्यो । 

उपस्थित सबैले केदारलाई सु-स्वास्थ्य र दिर्घायुको कामना गर्दै जन्मदिनको शुभकामना दिए । शुभकामना दिनुभन्दा दीपकराज गिरीले केदार घिमिरे आफ्नो ए टी एम कार्ड भएको भन्दै त्यहाँ उपस्थित सबैलाई मजैलै हँसाए । केदार बिरामी भएको प्रसंग जोड्दै उनले भने, सायद गत वर्ष धेरै नै घोटी छु की क्या हो घोट्दा घोट्दै स्क्रयाच भएछ ।

 पछि भने दीपकले भावुक हुँदै भने, हामी बीच भावनात्मक सम्बन्ध छ । पछिल्लो समयमा हामी हाँस्य कलाकारहरु बीच एक खालको एकता भएको छ । पहिले-पहिले हामी बीच एक किसिमको प्रतिस्पर्धाको गन्ध आउँथ्यो । कार्यक्रमहरुमा हात मात्रै जोडिन्थ्यो । मन जोडिदैनथियो । तर अहिले भने हात पनि जोडिन्छ । मन पनि जोडिन्छ । गाला पनि जोडिन्छ । सहकार्यमा उसले सधैँ तोड्नेहरुलाई जवाफ दिँदै जोड्ने मै आएको छ ।