केरुङ्गाको धरमपानीमा भीषण आगलागी हुँदा ८ घर जलेर नस्ट, ठुलो जनधनको क्षति

केरुङ्गाको धरमपानीमा भीषण आगलागी हुँदा ८ घर जलेर नस्ट, ठुलो जनधनको क्षति

केशब पन्थी 

खनदह, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ४ केरुङ्गाको धरमपानीमा भीषण आगलागी हुँदा ८ घर जलेर नस्ट भएका छन् । 


केरुङ्गाको धरमपानीमा शनिबार भीषण आगलागी हुँदा ८ घर जलेर नस्ट हुनुका साथै दशौ लाखको जनधनको जलेर नष्ट भएको हो ।  धरमपानीका नारायण भन्डारी, गोपाल पाण्डे, गोमा पाण्डे लगायतका घर गोठ जेलका छन् । 


यस्तै १ भैंसी ३ बाख्रा पनि जलेर मरेका छन् । आगो नियन्त्रणमा आएको छैन् । सशस्त्र प्रहरी सेना सहित दमकल पुगेर नियन्त्रणको प्रयास भईरहेको छ । 

जिल्लाभर आगलागीका घटना भईरहेका छन् । 


केरुङ्गाको धरमपानीमा भीषण आगलागी हुँदा ८ घर जलेर नस्ट, ठुलो जनधनको क्षति

अन्य समाचारहरु