ढिकुरामा सडक मै भलीबल खेल्न बाध्य भए युवाहरु

 ढिकुरामा सडक मै भलीबल खेल्न बाध्य भए युवाहरु

पारस भट्टराई

ढिकुरा - अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका बडा नम्बर ९ ढिकुरामा नगरपालिका तथा बडा कार्यालयबाट खेलकुदको लागि बजेट उपलव्ध गराउन नसक्दा युवाहरु आक्रोशित भएका छन्।


राष्ट्रका लागि खेलकुद, स्वास्थ्य का लागि खेलकुद भन्ने मुल नारा सहित देश अगाडि बढेको भए पनि ढिकुरा अझै पछि नै छ।

केही दिन अघि सम्म त श्री बिरभद्र आधारभुत बिधालय को मैदानमा भलिबल खेल खेले पनि अहिले उक्त ठाउँमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत दुई कोठे भवन निर्माण को काम चलिरहेको छ। अब उक्त ठाउँमा खेल खेल्न सक्ने अवस्था छैन।

बडा तथा नगरपालिका मा पटक पटक गएर खेल मैदान को माग गर्दा पनि सुनुवाई नभएपछि अहिले नरपानी ढिकुरा र नुवाकोट सडक को काफलबास मा बाटो को बिचमा नै पोल गाडेर आजबाट खेल्न सुरु गरेका छन्। यति गर्दा पनि बडा का प्रतिनिधि हरु ले कुनै योजना बनाउन सकेका छैनन्।

अन्य समाचारहरु