भारतको उत्तराखण्डमा हिमनदी फुटेसँगै धौलीगंगा नदीमा बाढी, १५० जना भन्दा बढी बेपत्ता

भारतको उत्तराखण्डमा हिमनदी फुटेसँगै धौलीगंगा नदीमा बाढी, १५० जना भन्दा बढी बेपत्ता

भारतको उत्तराखण्डमा अवस्थित हिमनदी फुटेसँगै धौलीगंगा नदीमा आएको बाढीमा परी १५० जना भन्दा बढी मानिस बेपत्ता भएका छन् ।

बाढी प्रभावित चमोली जिल्लामा उद्दारका लागि हवाइ तथा सेनाको टोली परिचालन गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बाढीले ठूलै जनधनको क्षति भएको जनाइएको छ । बेपत्ता हुनेहरुमा आधिकांस ऋषिगंगा विद्युत परियोजनामा कार्यरत मजदूर रहेका छन् ।

हिमताल फुटेसँगै ऋषिगंगा नदीमा समेत बाढी आएको छ । बाढीले नदीमा बनाइएका पुल पनि बगाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्वीट गर्दै उद्दार र राहतमा जुट्न प्रदेशका मुख्यमन्त्रीलाई निर्देशन दिएका छन् । एजेन्सी  

अन्य समाचारहरु