अर्घाखाँची घर भएकी लोकप्रिय गायिका सुनितामी परियारको गीत माछा पानीमा सार्वजनिक (भिडियो सहित)

अर्घाखाँची घर भएकी लोकप्रिय  गायिका सुनितामी परियारको गीत माछा पानीमा सार्वजनिक (भिडियो सहित)


अर्घाखाँचीडट्कम संवाददाता

काठमाडौं (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ कुरकी घर भएकी लोकप्रिय  गायिका सुनितामी परियारको स्वरमा रहेको गीत माछा पानीमा सार्वजनिक भएको छ ।


गायिका सुनितामी परियारको स्वरमा रहेको गीत माछा पानीमा चेतन गोतामेको युटुब च्यानल मार्फत सार्वजनिक भएको हो ।

माछा पानीमा सुनितामीका साथै  लोकप्रिय गायक तथा सर्जक चेतन गोत्तामेको स्वर रहेको छ । यस्तै गीतमा  चेतन गोत्तामे र जिबन भण्डारीको शब्द तथा चेतन गोत्तामेको संगीत तथा एरेन्ज रहेको छ ।

यस गीतमा मौसम हिमालीको निर्देशनमा तयार भएको म्युजिक भिडियो कारण चैसियारले छायांकन गरेका छन् ।

यस्तै  मनोज कार्कीले सम्पादन रहेको म्युजिक भिडियोमा सारिका केसी र शिशिर पौडेलको उत्कृष्ट अभिनय रहेको छ ।

अन्य समाचारहरु