जुकेनाको श्री सुधा माविमा विद्यालय व्यवस्थापन समिति गठन

जुकेनाको श्री सुधा माविमा विद्यालय व्यवस्थापन समिति गठन


अराज बेल्बासे 

जुकेना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका ५ जुकेनाको श्री सुधा माविको विद्यालय व्यवस्थापन समिति गठन  भएको छ । 


लामो समय सम्म ब्यवस्थापन समित गठन हुन नसकेको बिद्यालयमा सहमतिका लागि प्रयास भए पनि पहिलो चरणमा सहमति नभए पछि चुनावी तालिका समेत तय भएको थियो पछि वडा अध्यक्ष कमल पौडेलको सक्रियतामा सर्वसहमतिमा समिति गठन गरिएको हो । 

नव गठित ब्यवस्थापन समितिको अध्यक्षमा बेद प्रसाद पौडेल, सदस्यहरुमा शुशिला घर्ती,कमला घर्ती टोप बहादुर घर्ती,कल्पना साही,बिष्णु पौडेल चयन हुनु भएको छ । समितिको सदस्य सचिव बिद्यालयका प्रअ भोजराज आचार्य रहनुहुने छ । 

वडा अध्यक्ष कमल पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्रोत ब्यक्ति निमानन्द भुसालको प्रमुख आथित्यता तथा विभिन्न पाटीका प्रतिनिधिहरुको आथित्यतामा समिति गठन भएको हो ।   

कार्यक्रममा बोल्दै वडा अध्यक्ष कमल पौडेलले लामो समय सम्म समिति गठन नहुँदा बिद्यालय सञ्चालनमा अबरोध हुनेगरेकोले पनि सबैको सहमतिमा समिति गठनखभएकोले सबै मिलेर बिद्यालयलाई उचाईमा पुराउनु पर्नेदबताउनु भयो । नगरपालिकाका अन्यधेरै बिद्यालय समेत समिति बिहिन भएको अबस्थामा छोटो समयमै सुधा माबि जुकेनाको ब्यवस्थापन समिति गठन भएकोमा सहयोग गर्ने सबैलाई  धन्यवाद दिनु भयो ।

अन्य समाचारहरु