ढिकुरामा एमालेको वार्ड कमिटी भेला तथा बिस्तारित बैठक सम्पन्न (तस्बिरहरु)

ढिकुरामा  एमालेको वार्ड कमिटी भेला तथा बिस्तारित बैठक सम्पन्न (तस्बिरहरु)


अर्घाखाँचीडट्कम संवाददाता 

ढिकुरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर ९  ढिकुरामा नेकपा (एमाले) वार्ड कमिटीको भेला तथा बिस्तारित बैठक सम्पन्न गरिएको छ ।


बैठकले असोज ९ गते देखी १५ गतेसम्म अभियान कै रुपमा जनतासँग भन्दै टोल टोलमा पार्टी र जनसंगठनको भेला गर्ने तथा बिकास निर्माण र जनसरोकारका बिषयमा जनता सङ्ग छलफल तथा अन्तर क्रिया गर्ने योजना र टिम समेत बनाएको छ ।
 

वडा कमिटी अध्यक्ष मोति भट्टराईको अध्यक्षता,सचीव गिरि प्रसाद घिमिरेको संचालनमा भएको बैठकमा एमाले जिल्ला उपसचिव प्रेमनारायण गैरे,जिल्ला कमिटी सदस्य एवं ९ नम्बर वडाअध्यक्ष नारायण खनाल,नगर कमिटी सदस्य एवं पूर्ब जिबिस सदस्य खेमराज चुदाली लगायतका नेताहरूले सम्बोधन तथा सहजीकरण गर्नु भएको थियो ।

अन्य समाचारहरु