असुरकोटमा अरिँगालको टोकाइबाट २ जना युवती गम्भिर घाइते, अवस्था चिन्ता जनक

असुरकोटमा अरिँगालको टोकाइबाट २ जना युवती गम्भिर घाइते, अवस्था चिन्ता जनक


अर्घाखाँचीडट्कम संवाददाता 

असुरकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर ५  असुरकोटमा  अरिँगालको टोकाइबाट २ जना युवती गम्भिर घाइते भएका छन् । 

असुरकोटका सालिकराम थापाकी २३ वर्षिया छोरी नबिना थापा र पशुपति रानाकी २३ वर्षिया श्रीमती मंगलवार अपरान्ह २ बजे अरिङ्गालको टोकाइबाट गम्भिर घाइते भएका हुन् ।

उनिहरुलाई घर नजिकै बारीमा घाँस काट्ने क्रममा एक्कासी अरिँगाल आई शरीरका विभिन्न भागमा टोकी घाइते बनाएकोले उपचारको लागि जिल्ला अस्पताल अर्घाखाँची ल्याएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि बुटवल रिफर गरिएको प्रहरीले बताएको छ । 

दुबै जनाको अवस्था चिन्ता जनक रहेको छ । 

अन्य समाचारहरु