सितापुरमा खेतमा धान काट्ने क्रममा अरिङ्गालको टोकाईबाट ९ जना घाइते (तस्बिरहरु)

सितापुरमा खेतमा धान काट्ने क्रममा अरिङ्गालको टोकाईबाट ९ जना घाइते (तस्बिरहरु)


सचिन बोहोरा 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) असोज ३१ । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाको वार्ड नम्बर २ सितापुरमा अरिङ्गालको टोकाईबाट ९ जना घाइते भएको छन् । 


आईतवार दिउसो खेतमा धान काटिरहेको समयमा रिङ्गालले टोक्दा उनिहरु घाइते भएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।

घाइते मध्ये ३ जना गम्भिर रहेका र उनिहरुलाइ थप उपचारको लागि बुटवल रिफर गरिएको छ । घाइते मध्ये किरण क्षेत्री ,करिना क्षेत्री र सन्जु क्षेत्रीलाई थप उपचारको लागि रिफर गरिएको हो । बाँकी ६ जनाको स्थानिय सितापुर स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।


अन्य समाचारहरु