सोधखोज डट्कम हरेक ईन्टरनेट प्रयोगकर्ताको माझमा

सोधखोज डट्कम हरेक ईन्टरनेट प्रयोगकर्ताको माझमा


अर्घाखाँचीडट्कम संवाददाता 

बुटवल ।  सूचना तथा सञ्चारको क्षेत्रमा विश्वले फड्को मार्दै गर्दा धेरै नेपाली संघ-संस्थाहरु अझै पनि त्यसको पहुँच भन्दा बाहिर रहेका छन्।


 नेपाल भित्र रहेका सबै संघ-सस्थालाई एउटै संजाल भित्र समावेश गर्ने उद्देश्यका साथ सोधखोज स्थापना गरिएको हो ।

 सोधखोजले विभिन्न संघ-सस्थाको जानकारी हरेक ईन्टरनेट प्रयोगकर्ता माझमा पुर्याउदै आएको छ। सूचना तथा सञ्चारको युगलाई अझै छिटो र छरितो बनाइ नेपाली बजारको सेवा र जानकारी लिनका लागि सोधखोज सबैको रोजाइ समेत बनेको छ ।  सोधखोजमा सबै संस्थाको जानकारी र सेवा घरमै बसी (Website र Apps को प्रयोगबाट ) लिन सकिने समेत ceo  सुबाश लामिछानेले बताउनु भएको छ ।

यस सोधखोज डटकमले  संस्थाको सम्पूर्ण जानकारी सहित अनलाइन प्रोफाइल न्युनतम शुल्कमा बनाइ व्यवसायको प्रवर्द्धन,बिस्तार र प्रचारप्रसार गर्ने गरेको छ , नि: शुल्क आफ्नो उत्पादन अनलाइनको माध्यमबाट खरिद बिक्री गर्ने , नि:शुल्क होटल बुकिङ्ग सेवा उपलब्ध गराउने ,  नि: शुल्क हस्पिटल र क्लिनीकका डाक्टरहरुको Appointment लिन सकिने  , नि:शुल्क जागीर खोज्ने र दिने बिचमा समन्वय गराइने , सस्थाको दैनिक हिसाब राख्ने ब्यवस्था उपलब्ध गराउछ ।

सोधखोज डटकमको प्रधान कार्यालय लुम्बिनी प्रदेशको बुटवलमा रहेको छ । शाखा कार्यलय     पोखरा , चितवन  र  काठमाडौमा रहेको छ । अनलाइन माध्यमलाई देश ब्यापी रुपमा बिस्तार गर्ने समेत सोधखोज डटकमका CEO ले बताएका छ्न । 

अन्य समाचारहरु